नेपालगन्ज २६ मंसिर । नेदरल्याण्ड्स विकास कोषकाे रु ४६ लाख ३६ हजारमा चारवर्ष अघि नेपालगन्जकाे विरेन्द्रचाेकमा बनेकाे डिजिटल शाैचालय एकपटक पनि प्रयाेगमा नल्याई भत्काइएको छ ।
डिजिटल शाैचालय भत्काएर अब सामान्य शाैचालय बनाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता प्रमाेद रिजालले जानकारी दिए ।
‘याे प्रबिधिको शाैचालय प्रयाेगमा जटिलता उत्पन्न भयाे । डिजिटल प्रविधिमा आउने समस्याले हैरान भएपछि अब सामान्य खाले शाैचालयमा यसलाई परिवर्तन गर्ने निष्कर्षमा उपमहानगरपालिका पुगेकाे छ ।’- प्रवक्ता रिजालले भने ।
उक्त शाैचालयमा डिजिटल प्रविधि जडान गरिए पनि लामाे समय संचालन नहुँदा सामानमा खिया लागेकाे थियाे । यसरी जिर्ण अवस्थाकाे शाैचालय खण्डहर जस्ताे लामाे समय रहेपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका थिए ।
२०७६ माघ ६ गते स्वास्थ्य र विकासका लागि नगर सरसफाइ तथा स्वच्छता कार्यक्रमअन्तर्गत ४६ लाख ३६ हजार रुपैयाँ लागतमा स्वचालित शौचालय निर्माण गरिएको थियाे ।
भत्काइएको डिजिटल शाैचालय आफ्नो फरक बिशेषताका कारण चर्चामा थियाे । जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त थियाे भने शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिन्थ्याे । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत् प्रवाह गरिएको र अपाङ्गता तथा महिलामैत्री सो डिजिटल शौचालयमा एकैपटक तीन महिला, तीन पुरुष र एक फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिले शौच गर्न सक्ने गरि बनाइएको थियो ।
पूर्ण स्वचालित पद्धतिमा चल्ने शौचालयभित्र पानी तथा साबुन भएन भने शौचालयको ढोका नखुल्ने बनाइएको थियाे। शौचालय प्रयोगमा आए/नआएको जानकारी ढोकामा रहेको डिजिटल डिस्प्लेमा सहजै देख्न सकिन्थ्याे । शौच गर्दा स्वचालितरूपमा सङ्गीत बज्ने र जो–कोहीले सङ्गीत सुन्दै शौच गर्न भनिएको थियो । शौच गरिसकेपछि शौचालयभित्रै हात धुन पानी र साबुन छ, जुन स्वचालित थियो । शौच गर्न गएको व्यक्तिले साबुन सङ्केत रहेको तल हात लिएमा तरल अवस्थाको साबुन हातमा झर्छ, सँगै रहेको पानी सङ्केत देखाएको तल हात लग्दा पानी झर्ने बिशेषताकाे थियाे।
नेपालगञ्जको केन्द्र धम्बोझीचोक नजिक कृषि विकास बैंक र राष्ट्र बैंकको बीचमा सो डिजिटल शौचालय जहाँ सङ्गीतको आनन्द लिँदै आरामसाथ शौच गर्न पाइने भन्दै चर्चा रहे पनि अब भने चर्चामै सिमित भएको छ ।
एकैपटक सात जनाले प्रयोग गर्न मिल्ने आधुनिक प्रविधिसहितको शौचालय प्रयोगका लागि सीमित अवधिसम्म निःशुल्क गरिएको थियाे । तत्कालीन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले स्वचालित शौचालय सञ्चालनमा आउनुमात्रै उपलब्धि नभएकाले यसको सही सुदपयोगमा हुनुपर्नेमा उतिबेला नै जाेड दिएका थिए । जुन सदुपयोग नभई यतिबेला भत्काइएको छ ।
मंगलबार कामदारहरुले शाैचालयका सामान निकाल्दै थिए । अधिकांस सामान निकालेर थन्क्याइसकेका छन् ।
#मिसनटुडेबाट