नेपालगन्ज । युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको उपस्थितिमा राजधानीको होटल याक एण्ड यतीमा सम्पन्न भएको छ।
युनिलिभर नेपाल लिमिटेडले लाभांश प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पुगेको बताएको छ। जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो। योसँगै युनिलिभर नेपालका शेयरधनीहरुले सर्वाधिक धेरै लाभांश प्रति शेयर रु १५८० का साथ लाभान्वित हुने भएका छन्। यो कम्पनीकै इतिहासमा दिइने सर्वाधिक धेरै लाभांश हो।
‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइएको ३० औं वार्षिकोत्सव समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष देव बाजपेइले सबै शेयरधनीहरु, नियामक निकायहरु, कर्मचारीहरू र अन्य सरोकारवालाहरुलाई धन्यवाद दिए।
उनले भने ‘न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनैतिक टकराब, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ। किनकि विश्वव्यापी जोखिमहरु केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ। यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं, तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौं।’
सो समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु। १५४।२ करोडबाट बढेर यो वर्ष १८३।४ करोड पुगेको जानकारी दिए। उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको उनको भनाइ थियो।
उनले यस सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारिता मार्फत गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेको बताए।
प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने ‘हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पुँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन।’
युनिलिभर नेपाल लिमिटेडको ८५५ शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भने बाँकी १५५ शेयर सर्वसाधारणहरूको रहेको छ।