भाटभटेनीले नेपालगन्जसहित देशभरका स्टोरमा ल्यायो विन्टर अफर, १०% सम्म छुट दिने


नेपालगन्ज। भाटभटेनी सुपरमार्केटले एक महिने विन्टर अफर सार्वजनिक गरेको छ। क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर अफर सार्वजनिक गरेको हो।

भाटभटेनीका चिफ अपरेटिङ् अफिसर्स पानु पौडेलले ूविद्युतीय सामग्री खरिद गर्दा २०, दाल, गेडागुडी, तेल, चामल र डेरी प्रोडक्टमा ५ प्रतिशत र अरू जुनसुकै सामग्री खरिद गर्दा १० प्रतिशत छुट पाइने व्यवस्था मिलाएको बताए।

त्यसैगरी पेपे आइसक्रिम खरिदमा एक किन्दा अर्को एक आइसक्रिम प्राप्त गर्न सकिने छ। यो योजना पुस १ गतेदेखि एक महिनासम्म लागु हुनेछ।

भाटभटेनी सुपरमार्केटका २६ वटै स्टोरबाट यो योजनाको फाइदा लिन सकिनेछ। भाटभटेनी सुपरमार्केटमा अहिले एक लाख पचास हजार भन्दा बढी प्रकारका सामग्री रहेका छन्।

यी सबै प्रकारका सामग्री खरिदमा विन्टर अफरुमा दिइएको छुट प्राप्त गर्न सकिनेछ

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार १६:११  |