टाटा एस वा इन्ट्रा गाडी २ लाख डाउनपेमेन्टमै पाइने


काठमाडौं। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले कामका लागि विदेश जान लागेका युवाहरुलाई लक्षित गर्दै ‘टाटा मोटर्स स्वाबलम्बी अभियान २.०’ योजना ल्याएको छ।

यो अभियान अन्तर्गत ग्राहकहरुले टाटा एस वा टाटा इन्ट्रा गाडी मात्र २ लाखको डाउनपेमेन्टमा किन्न सक्नेछन्। कम्पनीले योजनाबाछ देशमै रहेर रोजगारी र व्यवसायको अवसर सिर्जना गर्न सक्ने विश्वास लिएको छ।

सिप्रदी ट्रेडिङ कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालले विदेशिने क्रम तीब्र भइरहेका बेला स्वदेशमै उद्यमशिल बन्नका लागि योजना ल्याएको बताए। योजना ल्याउनेवित्तिकै सोधपुछ गर्ने संख्या ह्वातै बढेको उनले बताए।

सिप्रदीले यस्तो योजना ल्याएको पहिलो भने होइन। यसअघि कोभिडका बेला पनि वैदेशिक रोजगारमा गएका फर्किंदा सिप्रदीले स्वरोजगारको लागि यस्तै स्वावलम्बी अभियान संचालन गरेको थियो। बजारको माग र देशबाट युवा तीब्र रुपमा पलायन भएको अवस्थालाई हेरेर अभियान चलाएको कम्पनीका कमर्सियल भेहिकल बिजनेस युनिटका सहायक महाप्रवन्धक दिवसबाबु सुवेदीले बताए।

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार १७:५९  |