७० ग्राम सुन सहित नेपालगन्जबाट भारतीय नागरिक पक्राउ


नेपालगन्ज । अवैध रुपमा भारत लैजादै गरेको सुन जस्तो देखिने पहेलो धातु ( सुन) सहित बाँके प्रहरीले मंगलबार एकजनालाई नेपालगन्जबाट पक्राउ गरेकाे छ ।

गणेशमान चाेकबाट जमुनाह तर्फ जाँदै गरेको भारत बाबागंज बस्ने बब्लु भन्ने संजय कुमार सोनीले चलाएको भारतीय मोटरसाईकललाई चेकजाँच गरिएको थियाे ।

प्रहरी टोलिले शंका लागी चेक जाँच गर्ने क्रममा गरगहनाहरू बरामद गरि थप कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय, बाँके पठाईएको छ ।
पक्राउ परेकाबाट मिनिहार २ थान, मसिनो सिक्रि १ थान नथिया ठुलो सानो १० थान, लकेट १ थान कानमा लगाउने झाला ४ थान औठी १ थान बरामद गरिएको छ ।
नेपालगंज सुनचाँदी ब्यवसायि संग बाँकेले उक्त पहेलो धातु सुन रहेको प्रमाणित गरेकाे छ । जम्मा तौल ७० ग्रामको बजार मूल्य रु. छ लाख अठहत्तर हजार एक सय अन्ठाउन्न रुपैयाकाे रहेकाे छ ।

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार १८:३७  |