नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाको राप्ती नदि छेउकाे भगडामा बगरखेतीसंगै उखु खेती गर्न पनि उपयुक्त भएको एक सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेकाे छ ।
बगरखेती अध्ययन अनुसन्धान गर्न आएको टोलीले उखु खेतीका लागि उपयुक्त स्थानका निम्ति छनोट गरेको हाे ।
प्रदेश कृषि मन्त्री भण्डारीलाल यादवकाे निर्देशन पछि बगर खेतीकाे सम्भावनाका बारेमा मन्त्रालयका अधिकृत घनश्याम चाैधरी,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद सहितकाे टोलीले स्थलगत अनुगमन गरेकाे थियाे ।
बगरमा खेतीसंगै उखकाे समेत व्यवसायिक खेतीले डुडुवाका हजारौं घरधुरी लाभान्वित हुने देखिएकाे कृषि मन्त्री यादवका सल्लाहकार राजेन्द्र बिश्वकर्माले बताए ।