ओल्ड दरबार र ८८४८ भोड्का उत्पादन गर्ने यति डिस्टिलरीको व्यापार ५ अर्ब १७ करोड


काठमाडौं : यति डिस्टिलरी प्रालिले सन् २०२३ मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ (प्रोभिजनल) बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ९.५६ प्रतिशतले कम हो ।
यसले २०२२ मा ५ अर्ब ७२ करोड, सन् २०२१ मा ४ अर्ब ३३ करोड ८० लाख, सन् २०२० मा ३ अर्ब ५८ करोड र सन् २०१९ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो ।
यति डिस्टिलरी सन् २००३ मा स्थापना भएको कम्पनी हो । यसले विभिन्न ७ वटा ब्रान्डका मदिरा उत्पादन गर्छ । उत्पादन गरेका मध्ये ओल्ड दरबार र ८८४८ भोड्काले बजारमा निकै राम्रो पकड जमाएका छन् ।
यसले ५ अर्ब ४६ करोड ८८ लाख रुपैयाँ कार्जाका लागि बैंक रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन १८ करोड ३८ लाख रुपैयाँका लागि ‘इक्रा एनपी एलए’ र सर्ट ट्रम ५ अर्ब २८ करोड ५० लाख कर्जाको लागि ‘इक्रा एनपी ए१’ रेटिङ पुनः पुष्टी गरेको छ ।
प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार ०७:०७  |