लुम्बिनीका प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन मुस्किल


  • कृष्ण खनाल

बुटवल, २८ मंसिर । ईन्जीनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीको कोटा समेत अपुग भैरहेको सममया लुम्बिनी प्रदेशका प्राविधिक शिक्षालय प्रदान गर्ने शिक्षालयहरूले धमाधम प्राविधिक धारको कक्षा नै स्थगित गरेका छन् । लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीईभिटी) अन्तर्गतका प्राविधिक शिक्षालय पढाउने शिक्षालयहरूले पूर्ण क्षमताको जम्मा ६५ प्रतिशत मात्रै विद्यार्थी भर्ना गर्न सकेका हुन भने अन्य सबै कोटा खाली गएका छन् ।

यति मात्रै होईन प्रि डीप्लोमा तर्फका कुल १ सय १० वटा शिक्षालयहरूले आफ्नो कार्यक्रम चलाउँदै आएका छन् भने जम्मा ५१ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् । यसमा सबैभन्दा बढि कृषि तर्फ प्री डिप्लोमा तहको अध्यापन गराउने शिक्षालयहरू १३ वटाले कार्यक्रम नै बन्द गरेका छन् । लुम्बिनी प्रदेश सिटीईभीटी कार्यालयका सचिव यादव सुवेदीका अनुसार भर्ना क्षमता भन्दा जम्मा ३४ प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका हुन ।

कृषि तर्फको प्लान्ट साईन्स प्रि डिप्लोमा १३ वटाले कार्यक्रम स्थगित गरेका छन् भने ३१ वटाले मात्रै चलाएका छन् । जसमा १२४० विद्यार्थी भर्ना हुने क्षमता रहेपनि जम्मा २ सय १४ विद्यार्थी शैक्षिक सत्र २०७९/८० मा भर्ना भएका थिए । यस्तै भेट साईन्स तर्फ पनि ७ वटा ले कार्यक्रम बन्द गरेका छन् भने १० वटाले मात्रै चलाएका छन् । ४०० जना विद्यार्थी कोटा रहेकोमा जम्मा ९८ जनाले मात्रै पढेका हुन ।
यस्तै सिभिल ईन्जीनियरिङ्ग तर्फ पनि १६ वटाले कार्यक्रम बन्द छ । २३ वटामा ९ सय २० जना विद्यार्थी क्षमता भएपनि जम्मा २ सय ५२ ले मात्रै पढेका छन् । यस्तै सर्भे ईन्जीनियरिङ्ग तर्फ पनि ८ वटा कार्यक्रम बन्द छ भने ९ वटामा ३६० जना विद्यार्थी पढ्न पाउने कोटा रहेकोमा १७६ जना मात्रै विद्यार्थी पढिरहेका हुन ।

यस्तै कम्प्युटर ईन्जीनिरिङ्ग तर्फ पनि ७ वटा ले कार्यक्रम बन्द गरेका छन् भने ९ वटा ले जारी राखेका हुन् । जसमा कुल ३६० विद्यार्थी बढ्न पाउनेमा १८३ जनाले मात्रै पढेका हुन । शैक्षिक सत्र २०७९/८० मा कुल भर्ना क्षमता ४ हजार ५ सय ६० जना विद्यार्थी रहेपनि जम्मा १५ सय ८८ जना विद्यार्थीले प्राविधिक धारको शिक्षा आर्जन गरेको पाइएको हो ।

डिप्लोमा तर्फ पनि कुल १९० शिक्षालयले कार्यक्रम चलाएकोमा १०२ ले त कार्यक्रम बन्द गरेका छन् । डिप्लोमा तर्फ ७ हजार ९ सय ९० जना विद्यार्थी भर्ना गर्न सकिने क्षमता भएपनि जम्मा ४ हजार ३ सय ६८ जना मात्रै भर्ना भएका हुन । यो तथ्यांक अनुसार कुल ५४. ६६ प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका छन् । अन्य सबै कोटा खाली गएको छ । डिप्लोमा तफै सिभिल ईन्जीनियङ्गका ३१ वटा, सिएमएलटीका १६ वटा, प्लान्ट साईन्सका १९ वटा, एनीमल साईन्सका १३ वटा, फोरेष्टीका ६ वटा शिक्षालयले कार्यक्रम बन्द गरेका छन् ।

अहिले शैक्षिक सत्र २०८०/८१ को भर्ना कार्यक्रम सकेर रजिष्टेसन काम जारी रहेको छ । जसमा पनि विद्यार्थीहरूको संख्या न्युन रहेको सिटिईभीटी लुम्बिनी प्रदेश कार्यालय सचिव यादव सुवेदीले जानकारी दिए । उनले भने–‘प्राविधिक धार तर्फ डिप्लोमा लेवलमा अझै केही संख्या छ तर प्री डिप्लोमा तर्फ भने विजोग नै भयो ।’ बुटवलटुडेबाट

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार ०६:१९  |