काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताए ।
बिहीबार ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए । उनले बैंकको ७७ जिल्लामा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने उल्लेख गरे ।
अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९र०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको जानकारी दिए ।
उहाँले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९र०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरणपश्चात् बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे ।
ढकालले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप चार खर्ब ६९ अर्ब र कर्जा तीन खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी एक हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप चार खर्ब ५६ अर्ब, कर्जा तीन खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।
अध्यक्ष ढकालले बैंकले पहिलो त्रैमासमा एक अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उाले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको जानकारी दिए ।