भंसारले छाडेकाे  सामानका बिषयमा सडकमै प्रहरी र  व्यापारीबीच तनाव 


  • भंसारकाे भुमिका माथि प्रश्न !

नेपालगञ्ज :  नेपालगन्ज भंसार कार्यालयबाट पास भएको नेपालगन्जका ब्यापारीकाे सामान न्युरोडमा शसस्त्र प्रहरीले कैफियत भेटिएको भन्दै नियन्त्रणमा लिएपछि प्रहरी – ब्यापारीबीच  सडकमै तनाव भएको छ ।

भंसार पास भएर आएको मालबाहक ट्कमा कैफियत भएको भन्दै नियन्त्रणमा लिएर राजस्व कार्यालय कोहलपुर लैजान न्युरोडबाट सामान नियन्त्रणमा लिइएको थियो । उक्त बिषय थाहा पाउने बित्तिकै नेपालगन्ज उद्योग वाणिज्य संघका  पदाधिकारी सहितका व्यापारीले मालबाहक ट्क लैजान दिएनन् । न्युरोडबाट  मालबाहक ट्क पुुष्पलालचाेक लगेपछि त्यहाँ पनि ब्यापारीले अवराेध गरेका थिए । तनावका कारण सडक अवरुद्ध भएको थियो।

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाइमा भएको सो धर्नामा भन्सार भएर आएको ट्रकमा कैफियत भए पुनः भन्सार लगेर छानबिन गर्नुपर्ने माग व्यवसायीले गरेका थिए ।

भन्सार भएर आएको ट्रकमा कैफियत भएमा व्यावसायीमात्र दोषी नभई जाँचकी, पासगर्ने कर्मचारी पनि दोषी हुनेभएकोले पुन भन्सार कार्यालय लगेर जाँच गर्नुपर्ने आफुहरुको माग रहेको संघका अध्यक्ष टंक धामीले जानकारी दिए।

सशस्त्र प्रहरीले नियन्त्रणमा लियको सो ट्रकमा जाजरकोट भुकम्प पीडितका लागि कम्बल रहेको बुझिएको छ । सो ट्रक सशस्त्र प्रहरीले कोहलपुर लैजाने र व्यवसायीले पुन भन्सार लैजाने भन्ने विषयमा बिबाद भएपछि पुष्पलाल चोकमा ट्रक अगाडि धर्नामा बसेका थिए ।

प्रकाशित मितिः     २९ मंसिर २०८०, शुक्रबार २०:४४  |