‘नेभर रिटायर्ड सराेज’


नेपालगन्ज । बैकिङ क्षेत्रकाे दुई दशक भन्दा लामाे करियर बिट मार्दै सराेजकुमार चाैधरी गृहनगर नेपालगन्ज फर्किएर व्यवसायक्षेत्र सक्रिय भएका छन् । २३ बर्ष बैकिङ क्षेत्र बिताएका सराेजले हालै मात्र लक्ष्मीसनराईज बैंकबाट डेपुटी म्यानेजर पदबाट स्वेच्छिक अवकास राेजेका थिए ।

तर उनकाे मनले अरुले झैं रिटायर्ड जीवन बिताउन मानेन,व्यवसायमा संलग्न भएर नयाँ करियर सुरु गर्ने अठाेट लिए । त्यसै अठोटका कारण सराेज सहितकाे समुहले नयाँ शैलीकाे क्याफे कफी ड्रप,मल्हम पट्टी मेडिकल संचालन गरिरहेकाे छ भने उनी सिद्धार्थ हस्पिटलमा प्रबन्ध निर्देशक भएर व्यवस्थापन सम्हाल्ने जिम्मा पाएका छन् । क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा समेत गरेका सराेज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन् । नेपालगन्ज फर्किएर व्यवसायसंगै उनी विभिन्न सामाजिक अभियानमा लागेका छन् ।

नेपालगन्जका बिकासमा बिषयमा संवाद र छलफल गरिरहेका छन् । ‘मान्छेले कहिल्यै रिटायर्ड महसुस गर्ने होइन । केही न केही गरिरहनुपर्छ ।’ सराेजले अर्थपेजसंगकाे भलाकुसारीमा भने,- ‘त्यही भएर पनि मैले नयाँ क्षेत्रमा हात हाले ।’

आर्थिक शिथिलताले सबै क्षेत्रमा सन्त्रास छाएका बेला व्यवसाया क्षेत्रमा हात हालेका सराेजले ती क्षेत्रलाई सफल बनाउन आफ्नो बैकिङ क्यारियरमा बटुलेकाे अनुभव प्रयाेग गर्दै छन् । सराेज भन्छन्,-‘टिमवर्क र सबैकाे साथ सहयाेगले कुनै पनि क्षेत्रमा सफल भइन्छ, आशा छ याे क्षेत्रमा पनि सफल हुन्छु ।’

नेपालगन्ज आर्थिक केन्द्र भएकोले यहाँ थुप्रै सम्भावना रहेकाे र त्यसलाई छाेप्न सक्नुपर्ने बताउँदै उनी भन्छन्,- ‘त्याे अवसर खाेज्ने प्रयत्नमा हामी लागेका छाै ।’

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार ०९:२१  |