नेपालगन्ज । आयातकर्ता व्यापारी र नेपालगन्ज भंसार कर्मचारीकाे मिलेमतोमा राजश्व चुहावट हुने गरेकाे पाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पाेखरेलका अनुसार,भंसारबाट पास भएका तर राजश्व चुहावटकाे आशंकामा बरामद गरिएको सामानकाे अनुसन्धान गर्दा त्यस्ताे पुष्टि भएको हाे ।
भंसारबाट प्रज्ञापन पत्रभरी राजश्व समेत तिरेर गन्तव्य तर्फ प्रस्थान भएका सवारी साधनहरु मध्ये २०८० श्रावण देखि हाल सम्म “राजस्व चुहावट भएको भरपर्दो सूचनाको आधारमा” सशस्त्र प्रहरी बलले केही सामान गाडी सहित नियन्त्रण लिएरकाे थियाे ।
पाेखरेलले त्यसरी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कोहलपुरमा बुझाएको घटनाहरुको बिवरण र त्यसमा राजस्व अनुसन्धानबाट भएको छानबिन पछि पुष्टि भएको चुहावटको आधारमा निर्धारण भएको जरिवाना रकमको बिवरण सार्वजनिक गरेको छन् ।
भंसार तिरेको प्रमाण नभएको मालबस्तु जफत गरि भंसारमा बुझाईन्छ तर भंसारमा राजस्व बुझाएको भए पनि मूल्य , परिमाण , बस्तुको प्रकृति हेराफेरी गरि राजस्व चुहावट भएको सूचना प्राप्त भएमा राजस्व अनुसंधान बुझाईने कानूनी अभ्यास भएको उनले स्मरण गराए ।
भंसार प्रकृया पूरा हुँदैमा अन्य नियामक निकायले छानबिन गर्न मिल्दैन भन्नू उपयुक्त नहुने पाेखरेलकाे भनाइ छ भंसारबाट पास भएका तर राजश्व चुहावटमा कारबाहीमा परेका उदाहरण यस्ताे छ,-