जापान बसाइँमा भाषा सिके,अब अरुलाई सिकाउँछन् विनाेद


बाँके। जापान जाने विद्यार्थीलाई लक्षित गर्दै नेपालगन्जको बिपी चोक स्थित सुबि एजुकेसन एण्ड भिसा सर्भिस सञ्चालनमा आएको छ । पछिल्लो समय यता जापान जाने विद्यार्थी ह्वात्तै बढेसँगै त्यस्ता विद्यार्थीलाई गुणस्तरीय जापानीज भाषा अध्ययन गराउन उक्त कन्सल्टेन्सी सञ्चालनमा ल्याएको कन्सलटेन्सीका सञ्चालक विनोज बास्तोला बताउँछन् ।

केही महिना अघिदेखि जापानिज भाषा अध्ययन गराउँदै आएको सुबी एजुकेसन एण्ड भिसा सर्भिसको शनिबार एक उद्घाटन समारोहमा जापान पढ्न जाने विद्यार्थीले राम्रो सँग भाषा अध्ययन गरेर जानुपर्ने कन्सलटेन्सीका प्रबन्ध निर्देशक बास्तोलाले बताएका छन् । “सीप र भाषा राम्रो सँग अध्ययन गरेर वैदेशिक अध्ययन गर्न जाँदा त्यहाँ काम गर्न सहज हुनुका साथै राम्रो आम्दानी गर्न सकिने” उनले बताए ।

बास्तोला स्वयम् जापानमा एन टु लेभलको भाषा अध्ययन गरेर करिब ५ वर्ष बसेर आएका हुन् । उनले आफू जापानमा अध्ययन गर्न बस्दा सिकेका व्यवहारिक तथा कानुनी विषयमा विद्यार्थीलाई अध्ययन गराइने बताए । उनले जापान अध्ययन गर्न कम्तीमा प्लस टू पास गरेको हुनु पर्ने बताए ।

 

कार्यक्रमम स्वागत मन्तव्य राख्दै एजुकेसन कन्सल्टेन्सीका म्यानेजर मनोज बास्तोलाले विद्यार्थीले आफ्नो भविष्य सोचेर हामीलाई विश्वास गरी अध्ययन गर्न आउनु भएको विद्यार्थीको विश्वासलाई अङ्गाल्दै यस कन्सल्टेन्सीले उहाँहरूलाई सही मार्गदर्शन दिने विश्वास व्यक्त गरे ।

साथै कन्सलटेन्सीले पछिल्लो समयमा दक्ष प्रशिक्षकद्वारा कोरियन भाषा पनि अध्ययन गराई कोरिया पनि पठाउँदै आएको जानकारी दिए ।

प्रमुख अतिथिमा महेन्द्र बहुमुखी क्याम्पसका सह-प्रधानध्यापक गुरुप्रसाद गौतम, विशिष्ट अतिथिमा महेन्द्र बहुमुखीका उप-प्रधानध्यपक अर्जुनप्रसाद पोख्रेल तथा क्याम्पसका विभिन्न संकायका लेक्चरहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १९:१३  |