रु ७० लाख लागतमा निर्माण भएकाे बागेश्वरी फुट्सल संंचालमा


बाँके – बाँके जिल्लामा अर्को फुट्सल पनि संचालनमा आएको छ । आइतबारदेखि बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव संचालनमा आएसँगै जिल्लामा फुट्सलको संख्या तीन पुगेको हो ।
तीनवटै फुट्सल नेपालगन्जमा रहेका छन् । जसमध्ये बागेश्वरी फुट्सल एण्ड स्पोर्टस् हव जिल्लाकै सबैभन्दा ठूलो फुट्सल रहेको जनाइएको छ ।

बागेश्वरी फुट्सलका अध्यक्ष प्रितम विष्टका अनुसार बागेश्वरी फुट्सलको आकार २०×३८ मिटर रहेको छ । जुन नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा ठूलो हो । ‘हामीले नेपालगन्जमा केही नयाँ गरौंं भनेर स्वास्थ्यका लागि खेलकुद नारा राखेर बागेश्वरी फुट्सल सुरु गरेका छौं र नेपालगन्जमा रहेका अन्य फुट्सलभन्दा पनि यो ठूलो छ,’ अध्यक्ष विष्टले भने ।

विष्टले हालसम्म बागेश्वरी फुट्सलमा ७० लाख रुपैयाँको लगानी भई सकेको बताउँदै बाँकी केही संरचना निर्माण गर्नका लागि थप रकम खर्च हुने बताए । हाल बागेश्वरी फुट्सलमा खेल मैदानसँगै शौचालय, चेन्जिङ कोठालगायतका संरचना निर्माण भई सकेको उनले बताए ।
आइतबारदेखि संचालनमा आएको बागेश्वरी फुट्सलको उद्घाटन नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले गरेको छन् । विष्टले रिबन काटेर बागेश्वरी फुुट्सलको उद्घाटन गर्दै फुट्सल पनि खेलेका थिए ।

सो क्रममा विष्टले नेपालगन्जमा फुट्सलप्रति युवाहरुको आकर्षण बढ्दै गएको बताउँदै ‘स्वास्थ्यको लागि खेलकुद’ नारालाई बागेश्वरी फुट्सल एउटा खुट्किलो बनेको बताए । उनले नेपालगन्जसँगै समग्र जिल्लालाई बागेश्वरी फुट्सलले समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

बागेश्वरी फुट्सलले नियमित फुट्सल खेल्न आउने प्र्रति व्यक्तिको लागि मासिक २ हजार र समूहका लागि २२ हजार रुपैयाँ मासिक शुल्क तोकेको । साथै उद्घाटनको अवसरमा आयोजकले फुट्सल प्रतियोगिता आयोजना गर्नुको साथै छुटको पनि व्यवस्था गरिएएको जनाएको छ ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १७:५३  |