त्रिभुवन विश्वविद्यालयबाट ७३ हजार बढी दीक्षित हुने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विश्वमा नै धेरै विद्यार्थी दीक्षित गर्ने दाबी गर्दै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ आवेदन दिएको छ ।

त्यसका लागि ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’का प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । गिनीज बुकका प्रतिनिधिहरूले सोमबार हुने दीक्षान्त समारोहमा उपस्थित हुने त्रिविले जनाएको छ ।

सोमबार त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा ७३ हजार बढी दीक्षित हुने त्रिविका रजिष्ट्रार पेशल दाहालले जानकारी दिए ।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार ०८:१८  |