भेरी शीत भण्डारबाट पश्चिमका कृषकलाई लाभ


बाँके- पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई वरदान सावित भएको छ। विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार पश्चिमका किसानका लागि वरदान सावित भएको हो। विसं २०५१/५२ मा स्थापना भएको सहकारीले स्थापनाको करिब ६ वर्षपछि शीत गृह निर्माणको प्रक्रिया सुरु गरी विसं २०६५ फागुनदेखि भण्डारणको काम सुरु गरेको उनले जानकारी दिए।

अध्यक्ष भट्टराईका अनुसार सहकारीमा तीन हजार सात सय १४ सेयर सदस्य रहेका छन्। कुल सेयर पुँजी ९७ लाख ४९ हजार पाँच सय रूपैयाँ रहेको उनले जानकारी दिए। हालसम्म भेरी शीत गृहबाट बाँके, बर्दिया, कैलाली, सुर्खेत, दाङ, प्यूठान जुम्ला, हुम्ला, जाजरकोट, रुकुम, रोल्पा, सल्यान, कालिकोट र डोल्पाका किसान लाभान्वित भएका उनको भनाइ थियो।

‘अहिले शीत गृहमा ३५ हजार चार सय १२ बोरा आलु भण्डारण गरिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘गत आर्थिक वर्षमा संस्थाले उत्पादन गरेको बरफलाई नेपालगञ्जमा दुई हजार तीन सय ७३ सिल्ली बिक्री गरिएको छ।’ जिल्लाका विभिन्न स्थानमा अहिले नयाँ शीत गृह स्थापना भरहेकाले सञ्चालनमा थप चुनौती थपिएको उनको भनाइ थियो।

आगामी दिनमा व्यावसायिक भवन तथा सटर विस्तार गर्ने, कृषि भण्डार कर्जा सञ्चालन गर्ने, स्याउ भण्डारलाई विशेष प्राथमिकता दिने र व्यावसायिक आलु खेती गर्ने किसानलाई उन्नत जातका बीउ तथा प्राविधिक सेवा दिनका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए।

बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले भेरी शीत भण्डारले आगामी दिनमा किसानलाई ५० प्रतिशत अनुदान दिएर उत्पादन गरे किसान र शीत भण्डार दुवैलाई थप फाइदा हुने बताए। कृषि उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेर अघि बढ्नुपर्ने बताउँदै शीत भण्डार र किसानका समस्या समाधानका लागि संसदमा पहल गर्ने उनको भनाइ थियो।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार ०८:३३  |