ग्रिल तथा स्टिल व्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला बुटवलमा हुने


नेपालगन्ज । ग्रिल तथा स्टिल व्यवसायी महासंघको लुम्बिनी प्रदेश भेला बुटवलमा हुने भएको छ । यही पुस ७ गते शनिबार हुने भेलामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि सहभागी हुँदैछन् भने देशभरका ५० जिल्लाबाट प्रतिनिधिहरु अतिथीको रुपमा सहभागी हुँदैछन् ।

भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष अशोक बर्माले जानकारी दिए । सम्मेलनको उदघाटन लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेले गर्नेछन् । उनका अनुसार देशभर ग्रिल तथा स्टिल व्यवसायीहरुको संख्या साढे ११ हजार रहेको छ । लुम्बिनी प्रदेशमा मात्र महासंघमा दर्ता भएका करिव साढे ५ हजार व्यवसायी छन् ।

ती उद्योगहरूले वार्षिक रूपमा तीन हजार युवायुवतीहरूलाई सीप सिकाएर एक लाख ६० हजार व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिँदै आएको छ। वार्षिक रूपमा ६५ अर्ब बराबरको मेटल फेव्रिकेटिङ सम्बन्धी कामहरू भइरहेका छन् ।

मजदूर अभावले ग्रिल तथा स्टिल व्यवसाय धरासायी बन्दै गैरहेको भन्दै अध्यक्ष बर्माले साना व्यवसायीलाई १ देखि ५ लाखसम्म क्रृण उपलव्ध गराउन र बैंकिङ कर्जा सहज रुपले उपलव्ध गराउने व्यवस्थ ागर्न माग गरे ।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार २१:२९  |