नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
माओवादीबाट बाँकेकी सांसद कृष्णा केसी र मुख्यमन्त्री चौधरीले कांग्रेसबाट प्युठानका सांसद सरोज थापा (रोज राणा) लाई मन्त्रीमा नियुक्त गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
केसीलाई खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय र राणालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । नयाँ नियुक्त मन्त्रीकाे सपथ आज हुँदै छ ।