बाँकेमा अण्डाको मुल्य बढ्यो


नेपालगन्ज । मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो ।

एक हप्त अघि अण्डाको मूल्य प्रतिक्रेट रु ३ सय ७० देखि ३ सय ९० भए पनि आईतवार मूल्य आँकाशिएको छ । आईतवादेखि अण्डाको मूल्य प्रति क्यारेट चार सय २० देखि चार सय ४० सम्म पुुगेको छ । बाँकेमा उत्पादन कमै हुने भएकाले यहाँका व्यवसायीहरुले अन्य जिल्लामा अण्डा ल्याउने गरेका छन् ।

विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ ।सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा रु १७ हुन आउँछ । किसानले हाल रु १५ पाएका छन् । अहिले चल्लाको मूल्य रु एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो रु ७० पर्दछ । कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको व्यवसायीहरुको अनुसार दानाको मूल्य प्रतिकिलो रु ६५ सम्म पर्ने बताउनुभयो ।

सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा रु एक सय ६५ खर्च हुने उहाँको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत रु १४ पैसा ८० पर्ने गरेको व्यवसायीहरु बताउँछन । मानव स्वास्थ्यमा अण्डाको महत्वको बारेमा देशव्यापी रुपमा प्रचारात्मक कार्यक्रम गरिने छ । अनाथालय, वृद्धाश्रम, अस्पताल लगायतका क्षेत्रमा अण्डा वितरण गरिँदै छ ।

प्रकाशित मितिः     १० पुष २०८०, मंगलवार २२:४४  |