नेपाल उद्योग तथा ब्यापार महासंघ बाँकेको अध्यक्षमा भिम रानाभाट


बाँके । नेपाल उद्योग तथा ब्यापार माहासंघ बाँकेको नेतृत्वमा नेपालगंजका ब्यबसायी भिम बहादुर रानाभाट सर्वसम्मत रुपमा चएन भएका छन् । शुक्रबार  नेपालगंजमा सम्पन्न माहासंघको दोस्रो जिल्ला अधिवेसनवाट रानाभाट निर्वाचित भएका हुन ।

बाँकेको आठैवटा पालीकाका नेकपा एमाले समर्थित उद्योगी व्यबसायीहरुको उल्लेउख्य सहभागीता रहेको कार्यक्रममा नेपाल उद्योग तथा ब्यापार माहासंघका केन्द्रीय उपाध्यक्ष डेकनाथ गौतम प्रमुख अथिति रहेका थिए ।

निर्वाचन मण्डलका अनुसार जम्मा ३१ सदस्य रहने कार्यसमीतीमा अध्यक्ष १ जना , २ जना उपाध्यक्षहरुमा उषा थापा र श्याम सुन्दर अधिकारी सचिवमा बिष्णु खनाल, कोषाध्यक्षमा पिताम्वर मरासिनी निर्वाचित भएका थिए भने उपसचिवमा तिन जना रामचन्द्र तिवारी, शर्मीला खत्री र अनन्त कुमार शाह साथै सह कोषाध्यक्ष्यमा बिष्णु मायाँ ेशाही रहेको जानकारी गराएको छ ।

प्रकाशित मितिः     १४ पुष २०८०, शनिबार ०७:३७  |