नेपालगन्जमा पहिलाे पटक म:म फेस्टिवल हुँदै


नेपालगन्ज ८ माघ । सिद्धार्थ कटेज नेपालगन्जले यहि माघ ११, १२, १३ गते मम फेस्टिबल आयोजना गर्न लागेको छ ।

फेस्टिबलमा ममका पारखीहरुका लागि बिभिन्न फरक फरक स्वादका ३० भन्दा धेरै प्रकारका मम राखिने सिद्धार्थ समुहका प्रबन्धक केशव न्याैपानेले बताए ।

उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउदे सिमी, केरा, लगायत बिभिन्न स्थानिय परिकारबाट बनेका बिभिन्न स्वादका ममका स्टलहरु राखिने छ। पछिल्ला दिनहरुमा नेपालमा मम निक्कै लोक प्रिय खाद्य परिकार बन्दै गएको छ ।

फेस्टिबलमा मम पकाउने प्रतियोगिता, मम क्बीज लगायत लाइभ म्युजिक, दोहोरी साझ, गजल नाइट, स्पेन एन्ड बिन लगायतका बिभिन्न प्रतियोगिताहरु संचालन हुने न्याैपानेले बताए ।

बिगत २३ बर्ष देखि सेवा प्रदान गर्दै आएको सिद्धार्थ कजेटले नेपालगन्जमा स्वाद उत्सव, नेपाली र अग्रेजी नया बर्षहरुमा लाइभ म्युजिक लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रकाशित मितिः     ८ माघ २०८०, सोमबार १६:०९  |