सार्वजनिकरुपमा बाँकेका हिन्दू,मुस्लिम,बौद्,शिख,ईशाई जस्ता मुख्य धर्मका गुरुले सदभावको सन्देश प्रभाव गर्न कुनै कसर बाँकी राख्दैनन् । धर्म गुरुहरु एउटै मोटरसाईकलमा चढ्छन्, हातेमालो गर्दै हिड्छन् । धर्म गुरुको यस्तो एकता देशभरका लागि उदाहरणीय बनेको छ । तर एकताको सन्देश प्रभाव गर्दैगर्दा सद्भाव बिथोल्ने गरी भइरहेका घटनाले आमनागरिकलाई झस्काएको छ ।
नेपालगन्ज १० माघ । उपद्रोवीहरुका कारण नेपालगन्जको सामाजिक सद्भावमा खलल् पुगेको छ भने सुरक्षा चुनौती समेत बढेको छ । भिन्न भिन्न जाती र धर्म सम्प्रदाय रहे पनि मिलेर बसेका कारण सदभावको शहर भनेर चिनिने नेपालगन्जमा पटकपटक दोहोरिरहेका सद्भाव विथोल्ने घटनाले झस्काएको छ ।
यस्ता घटना पटकपटक कसरी भइरहेका छन् र कोको संलग्न छन् ? अनुुन्धान गरी दोषीलाई कारवाहीको भागिदार बनाउनतर्फ प्रहरी,प्रशासनको ध्यान पुग्न सकेको छैन । सामाजिक सद्भाव बिथोलेर शहरको शान्ति सुरक्षामा गम्भीर आघात पु¥याउने उपद्रोवी जुनसुकै धर्म सम्प्रदायको भए पनि कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ ।
अधिकारकर्मी र शान्ति समिति बाँकेका पूर्व अध्यक्ष भोला महत भन्छन्,यि घटनाहरु योजनाबद्ध्, सामुहिकरुपमा भइरहेका छन् वा व्यक्तिको सनकमा ? अनुसन्धान हुन जरुरी छ ।’ घटना घट्नुपूर्व प्रहरी,प्रशासनले समाजमा रहेका यस्ता उपद्रोवीहरुको पहिचान गर्न सक्नुपर्ने बताउँदै महत भन्छन्,हाम्रो देशमा घटना घटेपछि मात्रै त्यस बिषयमा तात्तिने वा सके कारवाही गर्ने गरिन्छ । खासमा घटना हुन नदिन यस्ता तत्वको पहिचान गर्न तर्फ प्रहरी,प्रशासन लाग्नुपर्छ ।’ यसरी पहिचान भएका तत्वहरुलाई निगरानी मात्रै गर्ने हो भने पनि घटना नियन्त्रणमा आउन सक्ने बताउँदै महत भन्छन्,मलाई बिश्वास छ हाम्रो प्रहरी,प्रशासन उपद्रोवीको पहिचान र निगरानी गर्न सक्षम छ र गर्नुपर्छ ।’
असोजयता सद्भाव बिथोलिने गरी दुईवटा घटना घटे । असोजमा एउटा धार्मिक समुदायले संयुक्त रूपमा नेपालगन्जमा ¥याली निकाल्यो । बागेश्वरी मन्दिरदेखि सुरु भएको ¥यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।
फरक आनो धार्मिक आस्थामा चोट पु¥याउनेगरी कुनै व्यक्तिले सामाजिक सञ्जालमा स्टाटस लेखेको भन्दै विरोध जनाएका थिए । त्यस लगत्तै अर्को समुदायले नेपालगन्जमा निकालेको ¥यालीमाथि ढुंगा प्रहार भएपछि धार्मिक सद्भाव भड्किएको थियो ।
दोस्रो घटना सोमवार फेरी घटेको छ । अयोध्यामा सोमबार गरिएको राममन्दिर प्राण प्रतिष्ठाको नेपालगन्जमा उल्लास मनाएर घर फर्किने क्रममा शोभायात्रामा सहभागी युवाहरुमाथि आक्रमण भएको छ । उक्त घटनामा ६ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए । पुरैनी, बेतहनी, जाफरपुरुवामा आक्रमणका घटना भएका हुन् । यि घटनाले सद्भावको कामना गरिरहेकालाई झस्काएको छ ।
उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र दोषी माथी कारवाही गर्ने बताउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल भन्छन्,घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ । दोषी माथि कारवाही हुन्छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक पेजमा भने उक्त घटना उल्लेख गरेका छैनन् ।
उनले सोमवार बाँके जिल्लाका विभिन्न धार्मिक संघ÷संस्था द्वारा संचालन गरिएका सवै ¥याली , शोभा यात्रा , उत्सव , भण्डारा , महाआरती , दिप प्रज्योलन लगायतका धार्मिक कार्यक्रमहरु शान्त , सौम्य , शिस्ट र मर्यादित ढंगबाट संपन्न भएको उल्लेख गरेका छन् । कार्यक्रम उच्च स्तरको धार्मिक सद्भाव कायम गर्न सफल भएकोमा सवै आयोजक संघ÷संस्था लाई धेरै धेरै धन्यवाद दिदै उनले सामाजिक सद्भाव कायम गर्ने दिशामा सोमवार अनुष्ठान संचालनको तौर ÷तरिका , संयमता र सहिष्णुता को यो संस्कृती उप्रान्त सवै समुदायको लागि मार्गदर्शक रहने बिस्वास लिएको बताए ।
नेपालगन्जले पुनः एकपटक सद्भावको शहरको आनो विशिष्ट पहिचानको “ताज “ जिवन्त राख्न सफल भएको उल्लेख गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलले मिसन टुडेसंगको संवादमा भने,सामाजिक सद्भाव कायम गर्ने दायित्व हामी सबैको हो । दोषी माथि कारवाही हुन्छ ।’ प्रमुख जिल्ला अधिकारीको उक्त लेखाईमा प्रतिक्रिया दिदै धेरैले सोमवार शोभायात्राका क्रममा घटेका घटना सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
सार्वजनिकरुपमा बाँकेका हिन्दू,मुस्लिम,बौद्,शिख,ईशाई जस्ता मुख्य धर्मका गुरुले सदभावको सन्देश प्रभाव गर्न कुनै कसर बाँकी राख्दैनन् । धर्म गुरुहरु एउटै मोटरसाईकलमा चढ्छन्, हातेमालो गर्दै हिड्छन् । धर्म गुरुको यस्तो एकता देशभरका लागि उदाहरणीय बनेको छ । तर एकताको सन्देश प्रभाव गर्दैगर्दा सद्भाव बिथोल्ने गरी भइरहेका घटनाले आमनागरिकलाई झस्काएको छ ।