रु ३ लाख ५० हजार डाउनपेमेन्टमै कार


नेपालगन्ज । विद्युतीय कार चढ्न चाहानुहुन्छ तर बजेटले पुग्दैन भने तपाईंको लागि एमजीको इभी कोमेट उपयुुक्त बिकल्प बन्न सक्छ । रु ३ लाख ५० हजार डाउनपेमेन्टमै याे कार किन्न पाइने एमजी कारकाे नेपालगन्जस्थित मार्केटिङ म्यानेजर संयाेगजंग शाह बताउनुहुन्छ ।

उहाँका अनुसार स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकका लागि यो मोडेल उपयुक्त हुन्छ । एमजी कोमेट भारतमा बनेको आकर्षक मूल्यको इभी हो जसले सिंगल चार्जमा २ सय ३० किलोमिटर रेन्ज दिन्छ। यसमा १ सय ७३ किलोवाट आवरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर छ।

एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्।

सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन्। एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ रुपैयाँ छ।

प्रकाशित मितिः     १२ माघ २०८०, शुक्रबार ०८:४८  |