घोंगी खाने प्रतियाेगिता आयोजना


नेपालगन्ज ।पछिल्लो समयमा घोङी सबैको रोजाई बन्दै गएको छ। मिठो र फरक स्वाद हुने भएकाले अहिले सबैको रोजाई बनेको हो । आदिवासी थारु समुदायले प्राचीनकालदेखि खाँदै आएको घोङी परिवार अहिले सबैको रुचि बन्दै गएको हो। थारु परिकारमध्ये अहिले घोङी मुख्य ब्राण्डको रुपमा चर्चामा आएको छ ।

यसको चर्चासँगै घोङी खानेहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ। आयआर्जनको उपाय र घाेङिकाे ब्राण्डिङ गर्न बाँकेकाे गाभर सामुदायिक हाेमस्टेले घाेङि खाने प्रतियाेगिता गरेकाे छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा रहेकाे चाेरि सिकार नियन्त्रणका लागि युवा समुहका सदस्यबिच प्रतियाेगिता गराइएको थियाे ।

प्रतियाेगितामा छिटाे घाेङी खाएर रेणुका चाैधरि,समुन्द्र ओली उत्कृष्ट भए । उत्कृष्टलाई सम्मान गरिएको थियो । पहिला थारु समुदायले मात्र खाने घोङी परिकार अहिले अन्य समुदायले पनि उत्तिकै मात्रमा खाने गरेका छन् । याे आयआर्जनकाे उत्कृष्ट माध्यम बनिरहेकाे हाेमस्टे महासंघका महासचिव तथा आयोजक कृष्ण चाैधरिले जानकारी दिनुभयाे ।

पछिल्लो समय थारु होमस्टेदेखि थारु समुदायले सञ्चालन गरेका होटेल, रिर्सोटहरुमा घाङी खान आउनेहरुको संख्या ह्वात्तै बढेको उहाँ बताउँनुहुन्छ । त्यसैकाे ब्रान्डिङका लागि पहिलाेपटक घाेङी खाने प्रतियाेगिता आयोजना गरिएको हो ।

प्रकाशित मितिः     १४ फाल्गुन २०८०, सोमबार ०७:३३  |