महेन्द्र बहुमुखी क्याम्पसमा आईटीकप


नेपालगन्ज । पश्चिम नेपालकै शैक्षिक स्तम्भका रुपमा स्थापित महेन्द्र बहुमुखी क्याम्पसमा सञ्चालित प्राविधिक विषयहरु बी.सी.ए, बी.एससी. सी.एस.आई.टी र बी.आई.टी कार्यक्रमहरुको संयूक्त खेल सप्ताहकारुपमा शनिबारबाट क्याम्पसमा शुरु भएको आई.टी. कप २०८० आज बुधबार सम्पूर्ण खेल सम्पन्न हुँदै छन् ।

शनिबारबाट शुरुभएको आई.टी.कपमा क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, आई.टी. क्विज, चम्चा डौड, डोरी तान, स्याक रेस, नृत्य प्रतियोगीता लगायतका कार्यक्रम राखिएको आयोजक बी.सी.ए. कार्यक्रमका संयोजक कोशराज रेग्मीले जानकारी दिनुभयो ।
खेल सप्ताहले तीन वटै कार्यक्रमका विद्यार्थीहरु बिच मित्रतापूर्ण वातावरण स्थापना हुने र यसले सिकाई र टिमवर्कमा समेत टेवा पूर्याउने कुरामा आफु विश्वस्त रहेको संयोजक रेग्मीले बताउनुभयो ।

हाल सम्म सम्पन्न खेलहरुमा क्रिकेटको उपाधी बि.आई.टी.ले, फुटबल पुरुषको उपाधी सि.एस.आई.टी.ले, फुटबल महिलाको उपाधी बि.आई.टी.ले, भलिबल पुरुषको उपाधी आयोजक बी.सी.एले, भलिबल महिलाको उपाधी बी.आई.टी.ले बास्केटबलको उपाधी सि.एस.आई.टी.ले, पब्जिको उपाधी बि.सि.ए.ले, फ्रिफायरको उपाधी सि.एस.आई.टी.ले, ब्याडमिन्टन महिलाको उपाधि बि.सी.ए.ले, टेबलटेनिस महिलाको उपाधि बि.सी.ए.ले, चम्चा दौडको उपाधि बि.आई.टीले, डोरी तान महिला र पुरुष दुबै विधामा उपाधि बि.सि.एले जितिसकेको छ ।
ब्याडमिन्टन डबल पुरुष र नृत्य प्रतियोगीता भने हुन बाँकी रहेका छन् । आज बुधबार ब्याडमिन्टन हुने र भोली सम्मान कार्यक्रम सहित नृत्य प्रतियोगिता गर्ने आयोजक बि.सि.एले जानकारी दिएको छ ।

यस वर्षबाट आई.टी.कपमा रनिङ सिल्ड फर्म्याटमा संचालन भएको छ जस अन्तर्गत सामुहिक खेलको फाइनलको आधारमा अंक जोडिनेछ, फाइनल खेलमा पुग्ने टिमले २ अंक प्राप्त गर्नेछ भने उपाधी जित्ने टिमले ३ अंक प्राप्त गर्नेछ । अंकको आधारमा सबै भन्दा बढी अंक प्राप्त गर्ने कार्यक्रमले आई.टी.कपको उपाधी जित्ने आयोजकले जानकारी दिएका छन् ।

प्रकाशित मितिः     ३० फाल्गुन २०८०, बुधबार १४:०६  |