मैत्रीपुर्ण फुटबल खेलमा प्राध्यापक तथा कर्मचारी संघ ३–१ गोल अन्तरले विजयी


नेपालगन्ज । नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसको खेलमैदानमा सञ्चालन भईरहेको खेल सप्ताह कार्यक्रम अन्तर्गत बिहिबार भएको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज तथा कर्मचारी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज र स्व.वि. यु. महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज बिच भएको मैत्रीपुर्ण फुटबल खेलमा प्राध्यापक तथा कर्मचारी संघ ३–१ गोल अन्तरले विजयी भएको छ ।

खेलको निर्धारित समयावधी भित्र कुनै पनि गोल हुन नसकेपछि पेनाल्टीमा गएको उक्त खेलमा प्राध्यापक तथा कर्मचारी संघका तर्फबाट नमन वर्मा, मोहनलाल चलाउने तथा सुजन ढकालले एक–एक गोल हाने भने स्वबियुका तर्फबाट सन्देश थापाले मात्र १ गोल फिर्ता गर्न सफल भए । विद्यार्थी र प्राध्यापक एवम् कर्मचारीहरुसँग भएको मैत्रीपुर्ण खेलले क्याम्पसमा शिक्षा मैत्री वातावरणको विकास हुने कुरामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने र यस्ता गतिविधिहरुमा आफुहरुले सदैव सहकार्य गर्दै आएको स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष माधव खत्रीले बताए ।

यस अघी पनि क्याम्पसको आई.टी. बिशेष कार्यक्रमहरुको खेल सप्ताह आई.टी.कपमा समेत प्राध्यापक र विद्यार्थीहरुसँगै खेल मैदानमा विभिन्न खेलहरु खेलेको र यसले आफुहरुलाई विद्यार्थीहरुसँग घुलमिल हुन समेत थप सहयोग पुर्याएको महेन्द्र बहुमुखी क्याम्पस आई.टी. विषय प्राध्यापक नमन वर्माले बताउनुभयो ।

प्रकाशित मितिः     ९ चैत्र २०८०, शुक्रबार ०७:०५  |