एउटै किसानकाे दुधकाे कराेड पैसा बाँकी


नेपालगन्ज । बिश्व दूध दिवस–२०७३ मा तत्कालिन राष्ट्रपति बिद्या भण्डारीबाट देशकै धेरै दूध उत्पादन गर्ने किसानकारुपमा पुरस्कृत भएका बाँके डुडुवा गाउँपालिका–३ का रामसुहावन यादव यो पेशा छाड्ने मनस्थितीमा पुगेका छन् ।

सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डिडीसी)ले दूधको रु एक करोड भन्दा बढिको भुक्तानी गरेको छैन् । उत्पादन भएको दूधको भुक्तानी रोकिएपछि भैसीलाई खुवाउने दानासम्म किन्न धौधौ परेपछि गोठ नै रित्तो पारेर पेशा
छाड्ने मनस्थितीमा पुगेका हुन ।

‘हुन त भैसीपालन पुख्र्यौली पेशा हो । यसलाई मैले ब्यवसायिक बनाए । तर जीवनको यो उमेरसम्म आईपुग्दा आफ्नो पेशाबाट अहिलेको जत्तिको निरास
कहिल्यै भएको थिइन ।’ आफ्नो पीडा सुनाउँदै यादव भन्छन्,–‘यो सबैको दोषी सरकार हो भन्ने मेरो बुझाई छ । बाँकी सरकारले कस्लाई दोष लगाउने हो लगाओस् ।’

 

२०७३ सालमा बिश्व दूग्ध दिवशको अवसरमा काठमाडौंमा आयोजित भब्य कार्यक्रममा पशु उत्पादन निर्देशनालयको तर्फबाट तत्कालिन राष्ट्रपति बिद्या भण्डारीको
हातबाट यादवले देशभर धेरै उत्पादन गर्ने ठूलो भैसीपालक कृषकको तृतीय स्थानको पुरस्कार प्राप्त गरेका थिए । त्यसरी पुरस्कार पाएको सात वर्षपछि
गोठै रित्तो पार्ने मनस्थितीमा किन पुगे त उनी ? भन्छन्,–‘२०८० को असोज महिनादेखि डिडीसीले म लगायतका किसानको भुक्तानी रोकेको छ । मेरो मात्रै
एक करोड भन्दा बढि पैसा लिन पर्ने छ । पैसा आउनै छाडेपछि सय बढि भैसीलाई खुवाउने दाना किन्न नसक्ने अवस्था आएको छ ।’

दूध बेचेको पैसा आउनै छाडेपछि भैसीपालन नै छाड्ने मनस्थितीमा पुगेका यादवले ग्राहक खोजिरहेका छन् । ‘यतिका भैसी कस्ले लैजान्छ ? जताका किसानको
समस्या पनि यस्तै छ अहिले ? निल्नु न ओकल्नु भएको छ ।’– यादवले भने ।

पुख्र्यौली पेशाका रुपमा रहेको भैसीपालनलाई यादवले भाईहरुसंग मिलेर व्यवसायिक बनाएका हुन । उनको यादव भैसीफार्ममा सय बढि भैसी अहिले पनि
छन् भने दैनिक सरदर चार सयदेखि पाँच सय लिटर दूध बेच्दै आएका छन् । यि भैसीको दूध दुहुन परिवारका बिस जना मान्छे दैनिक खटिन्छन् । ‘यो
परिवारबाटै चलेको छ । ठूलादेखि केटाकेटीसम्म लागेर बनाएको फार्म हो यो
तर सरकारले गरिखान नदिने भयो ।’– सरकारले दिएको पुरस्कार देखाउँदै
यादवले भने,–‘यो पुरस्कार पाएपछि डेढ सयदेखि दुई सय भैसी पालन गरौंला
भनेको अवस्था त भएकै बेच्नुपर्ने भइसक्यो ।’

 

यादव मात्रै नभई अहिले बाँकेका सबै किसानको अवस्था यस्तै छ । निजी डेरीले
दूध लिन मानेका छैनन् भने डिडीसीले दूध किने पनि भुक्तानी गरेको छैन् ।
यादव आफैले पनि कम्तीमा डेरी खोलेका छन् जहाँका धेरै किसानको पचास लाख
भुक्तानी दिन बाँकी छ । यादव भन्छन्,–‘आफ्नो त समस्या छदैछ । यि साना
आएका कृषकको पैसा भुक्तानी कसरी गर्ने भन्ने तनावले पिरोलेको छ ।’

 

प्रकाशित मितिः     १९ चैत्र २०८०, सोमबार ०६:५७  |