सडकको रेलिङ काट्ने विरुद्ध कारबाही


नेपालगन्ज २७ चैत । सडकको रेलिङ काट्ने विरुद्ध नेपालगन्ज उपमहानगरपालिकाले ढिलै भए पनि एक्सनमा उत्रिएको छ ।

सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कार्वाही गर्ने भएको छ । नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ-आफ्नो पसल-व्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनःनिर्माण गर्न अल्टिमेटम दिएको छ ।

निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कार्वाही गरिनेछ ।

प्रकाशित मितिः     २७ चैत्र २०८०, मंगलवार १५:५४  |