चिसापानी-राजकाँडा केबलकार निर्माण शुरु


 

नेपालगन्ज । कैलालीको चिसापानीदेखि राजकाँडासम्मको जालपादेबी केबलकार आयोजनाको निर्माणको पहिलो चरणको काम सुरु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द ढकालले कैलालीको चिसापानी स्थित आयोजनाको निर्माण स्थलमा पुजापाठ गरेर निर्माण कार्यको शुभारम्भ गर्नु भएको हो ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सुदुर पश्चिम क्षेत्रको पर्यटन प्रर्बद्धन गर्ने उद्देश्यका लागि केबुल कार निर्माणको काम सुरु गरिएको बताउनु भयो ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजना स्थलबाट कर्णाली नदी ,जालपादेबी ,काल भैरव , कालकिा देबी , कैलाशधाम लगायतका धार्मिक स्थल, हात्ती ढुंगालगायत पर्यटकिय स्थलको अबलोकनका गर्न सकिने छ ।
आठ बर्षको निरन्तरको प्रयास पछि निर्माण कार्य सुरु गर्न अबस्थमा आइपुगेको बताउदै अध्यक्ष ढकालले आगामी २ बर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु गरिएको बताउनु भयो ।

आइएममी गु्रपको प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पुर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदुर पश्चिम प्रदेशको प्रदेशद्धारको रुपमा रहेको कर्णाली चिसापानीमा केबुलकार निर्माण कार्य सुरु गर्न लागिएको हो ।
केबुलकार कम्पनीको आम्दानीको २ प्रतिशत स्थानिय सरकारलाई उपलब्ध गराउने बताउदै अध्यक्ष ढकालले केबुलकार निर्माण पछि पर्यटन प्रर्बद्धन र रोजगारीका अबसर सृर्जना भई स्थानिय बासिन्दाहरु लाभान्बित हुने छन । संकलन हुने केबुलकार कम्पनीको मुख्य लागनीकर्ता आइएमइ गु्रप हो ।

करिब ५ अर्बको लागनीमा निर्माण सुरु हुन लागेको केबलकारको लम्बाई ३ दलमलब १ किलोमिटर रहेको छ । केबलुकारमा १५ वटा टाबर हुने छन । आठ जना क्षमताका ३४ वटा बक्स ( गोन्डाला ) रहने छन र यात्रा अबधि करिब १० मिनेट हुने हुने छ । केबलकारको क्षमता दैनिक ६ हजार जना रहेको छ ।
केबुलकार निर्माणका लागि आबश्यक पर्ने उपकरणहरु अष्ट्र«लियाको डोप्लन मेयर कम्पनीबाट ल्याइने छ ।
केबुलकारको निर्माण कार्य संगै चिसापानीमा ५० बेड क्षमता र राजकाडामा एक सय बेड क्षमताका होटेल र सभाहल हरु निर्माण गरिने छ ।

आयोजना स्थलमा पर्ने रुख काटेर निर्माण कार्य सुरु गरिएको हो । आयोजना स्थलमा १८ सय ६६ वटा रुखहरु रहेका छन । केबुलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको छ ।

चिसापानी–राजकाँडा केवलकार निर्माणसंगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिने योजना छ । आयोजनामा कैलालीका उद्दमी सुर्य बहादुर थापा सहित स्थानीय केहि ब्यबसायीहरूकाे सहभागिता रहेकाे छ ।

प्रकाशित मितिः     ३ बैशाख २०८१, सोमबार ०७:५६  |