नेपालगन्ज । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले टि-२० क्रिकेटलाई लक्षित गर्दै नेपालगन्जमा बिहीबार ‘बिट द स्पिड’ अभियान संचालन गर्दै छ ।
वर्ल्डलिंकले यस्ताे अभियान देशभरकाे मुख्य शहरमा मंगलबार ४ बजे देखी ६ बजेसम्म ‘बिट द स्पिड’ अभियान सुरु गरेकाे हाे ।
नेपालगन्जमा बिहीबार नेपालगन्ज बिशाल चोक नजिकैको चौरमा अपरान्ह ४ बजेदेखि ६ बजे ‘बिट द स्पिड’ हुने छ ।
उक्त अभियानमा क्रिकेटप्रेमीहरुले बलिङ गर्ने छन र जस्को स्पिड तिब्र हुन्छ उक्त क्रिकेट प्रेमिका लागि वर्ल्डलिंकले हस्ताक्षर गरिएको जर्सीको व्यवस्था गरिने छ ।
कार्यक्रममा उपस्थित महानुभावहरुले टि – २० क्रिकेटमा समाबेश खेलाडिहरुलाई आफ्नो अनुभव सुनाउनुका साथै शब्दले हौसला प्रदान गर्नसक्ने छन् । साथै क्रिकेटप्रेमी विद्यार्थी,युवायुवती एवम सज्जनवृनलाई उपस्थितीका लागि अनुरोध समेत गरिएको छ।