यस्ता वडा सदस्य जसले व्यक्तिगत लगानीमा विकास गरिरहेका छन्


बैजनाथ । नेपाली कांग्रेस बैजनाथका उदयमान युवा नेता तथा वडा नम्बर ४ का वडा सदस्य कर्ण कठायतले चुनावी दौरानमा प्रतिबद्धता जनाएका योजनाहरु  आफनै निजि लगानीमा मा पूरा गर्दै आएका छ्न ।
जनप्रतिनिधि कठायतले जनप्रतिनिधि हुनुभन्दा अगाडि देखिनै आफनो वडाका टोल टोलमा आफनै लगानीमा जनता लाई  सुबिधा पुगोस् भनेर विभिन्न भौतिक संरचना निर्माण गर्दै आइरहेका छन् ।
कांग्रेस बैजनाथका युवा नेता कठायतको लगानीमा बैजनाथ ४ तिलकपुरको थारु गाउँमा निर्माण भयको सामुदायिक ट्रस्ट   एक समारोहका साथ शुक्रबार  समुदाय लाई हस्तान्तरण गरियको छ ।
नेपाली कांग्रेस युवा नेता महासमिति सदस्य मेघराज ओलि र ट्र्स्ट निर्माण कर्ता कठायतलेका बृद्धआमा जयकला कठायतले रिबन काटेर उक्त भौतिक संरचनाको उदघाटन गर्दै समुदाय लाई हस्तान्तरण गरेका थिए ।
साढे ३ लाख लागतको उक्त  ट्र्स्ट हस्तान्तरण समारोहलाइ सम्बोधन गर्दै महासमिति सदस्य ओलिले सरकारि बजेटमा समेत नानाथरीका योजनामा र्याल चुहाउने बर्तमान समाजमा निजि लगानिमा समुदाय लाई प्रत्यक्ष लाभपुग्ने योजना निर्माण गर्ने  कठायत जस्ता समाज सेबि बैजनाथ ४ ले पाउनु अहोभाग्य भएको बताए ।


कार्यक्रमका प्रमुख  अथिती समेत रहेका ओलिले जनप्रतिनिधि कठायतलाई दानबिरको उपमा दिदै  भने  समाजमा मानिसको जन्म असंख्य हुन्छ  हरेक मानिसको  जन्म संगै मृत्यु तय हुन्छ जिवित हुन्जेल मात्र होइन मृत्यु प्रयत्न युगयुग सम्म भावि  पुस्ताले स्मरण गर्ने छाप समाजमा थोरै मात्र मानिसले राख्न सक्छन् ।कठायत जस्तो  मनकारी दानवीर बैजनाथ ४ पाएकोमा गर्व गर्नु पर्दछ ।
कठायतले निजि लगानीमा नेरा माबी को कम्पाउड तारवार माटो पटान , पानी ट्यान्की स्थित मन्दिको तारबार , पानी ट्यान्की देखि बोरिङ बस्ती जाने इट्टा नालामा फुल निर्माण , नौलापुर थारु गाउमा मन्दिर निर्माण , सिमलघारी स्थित ४ तारे टोलमा बत्तिको पोल , भिन्न ठाउँमा बाटोको स्तर उन्नती , खानेपानीको धारा लगायत थुप्रै बिकास निर्माणका कामहरू गरिसकेकोमा सबैले प्रशंसा गरेका थिय ।
बैजनाथ गाउँ पालिका उपाध्यक्ष निर्मला रोकायले वडा सदस्य समेत रहेका समाजसेवी कठायतको समाजसेवा गर्ने तिब्र चाहाना लाई बैजनाथाका जनताले साथ दिनुपर्ने कुरामा जोड दिदै अझै समाज सेवा गर्ने शक्ति मिलोस भन्दै शुभकामना दिइन् ।

सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि देवबहादुर खत्रीले नेपाली कांग्रेसले कर्ण कठायत जस्ता दानबिर लाई अझै प्रोत्साहन गर्नु पर्ने धारण राखे ।
नेपाली कांग्रेस बैजनाथ ४ का ४ नम्बर टोल सभापति समेत रहेका स्थानिय बडघर प्रभुदयाल थारूको अध्यक्षता भयको ट्रस्ट हस्तान्तरण समारोहमा संचारकर्मी कमला हमाल , नेपाली कांग्रेस ३ प्रदेश क का सभापति केशव कुमार शाह , कांग्रेस बैजनाथ सभापति देव बहादुर केसि , वडा सभापति  सुरेश चन्द , दाता कर्ण कठायत , वडा अध्यक्ष प्रेम शाही , शालिकराम थारु लगायतले आआफ्नो धारण राखेका थिय ।

प्रकाशित मितिः     १२ जेष्ठ २०८१, शनिबार १६:५१  |