कहाँ अड्कियाे नेपालगन्जको विकासकाे ‘रफ्तार’ !


-नेपालगन्ज देशकै ऐतिहासिक र ठूलो शहर हो । पश्चिमको केन्द्र मात्रै नभई छिमेकी देश भारतको सबैभन्दा ठूलो प्रदेश उत्तरप्रदेशसंग जोडिएको र त्यहाँको राजधानी लखनउसंग उच्चस्तरको सडक सम्पर्क हुनु यो शहरको अत्यन्तै सकारात्मक पक्ष हो । आर्थिक,शैक्षिक,स्वास्थ्य,पूर्वाधार विकास एवं
वाणिज्यका सवालमा यो पश्चिमको हबकारुपमा शुरुदेखि नै छ । पहिलेदेखि पर्यटनको प्रमुख ट्रान्जिट रहेकोमा अहिले आफैमा एउटा महत्वपूणर् पर्यटकीय
गन्तव्यकारुपमा विकास भइरहेको छ । बिशेषगरी नीजिक्षेत्रमा पर्यटनक्षेत्रमा ठूलो लगानी गरिएको छ भने तारे होटल,क्यासिनो,फनपार्क,फिल्महल संचालनमा छन् । हिन्दु धर्मावलम्बीहरुको प्रमुख तिर्थस्थल मानसरोवरको ट्रान्जिट हुनु आफैमा गौरबको कुरा हो । बागेश्वरी मन्दिर दर्शन गर्न नेपाल र भारतबाट संयौ दर्शनार्थीहरु यहाँ
आइरहेका छन् ।  पर्यापर्यटनलाई हेर्ने हो भने बाघ संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको छ त्यसै गरी गाउँ गाउँमा होमस्टे संचालनमा छन् । छिमेकी जिल्ला बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न देश बिदेशका पर्यटक आइरहन्छन् । नेपालगन्ज हुँदै पोखरामा हवाई उडान हुनु र जनकपुरको समेत तयारी हुनुले अन्तर जिल्ला पर्यटनको अथाह सम्भावनारहेको छ ।

स्वास्थ्य क्षेत्र- स्वास्थ्य क्षेत्रमा नेपालगन्ज अग्रणी छ । सरकारी तथा नीजि स्तरका ठूल्ठुला अस्पताल संचालनमा छन् भने यि दुबै अस्पताल स्तरोन्नती हुने तरखरमा छन् । बाहिरी जिल्लाबाट बाँके आउने पर्ने अर्को कारण हो, स्वास्थ्योपचार । स्वास्थ्य सेवामा विशेषज्ञ सेवा प्रदान गर्दै
आइरहेको भेरी अस्पताललाई विशिष्ठिकृत अस्पतालसँगै शिक्षण अस्पतालको रुपमा विकास गर्ने निणर्य कार्यान्वयन गर्न हामीलेृ दवाव दिनुपर्छ । चितवन पश्चिममा एक मात्र क्यान्सर उपचारका लागि विशिष्ठिकृत अस्पतालको रुपमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरालाई सम्पूणर् सेवासहित सञ्चालन गर्नुपर्छ । क्यान्सरको उपचारका लागि राजधानी र भारत जाने बिरामीलाई गाउँठाउँमा सेवा प्रवाह गर्न सकिन्छ । हामीले बिर्सनै नहुने अर्को नाम भनेको नेपालगन्ज मेडिकल कलेज हो । जसले स्वास्थ्य सेवा मात्र होइन, चिकित्सक पनि उत्पादन गरिरहेको छ । यसको सेवा सुविधालाई सर्वशुलभ र विशिष्ठिकृत बनाउन जरुरी छ । पछिल्लो समयमा खुलेका स्वास्थ्य संस्थालाई
सामाजिक उत्तरदायी बनाउँदै सेवा सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्छ । विकासको रफ्तार बढाउने हो भने यि क्षेत्रको लागि स्पष्ट रोडम्याप बनाउन
जरुरी रहेको छ ।

उद्योग ः  नेपालगन्ज पश्चिमको औद्योगिक हब हो । यहाँ देशकै ठूलो मध्येका उद्योगहरु पनि छन् । थप लगानी गर्न उद्योगी,व्यवसायी आतुर छन् भने नौवस्ता लगायतको औद्योगिक पूर्वाधार चाँडै बन्नुपर्छ । यहाँका औद्योगिक
उत्पादनले लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक
विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन्। पहाडका जडिबुटी संकलन गरेर बाँकेमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा
बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । यसका लागि साबिक कणर्ाली, राप्ती, भेरी, सेती र महाकाली अञ्चलबाट कच्चा पदार्थ संकलन गरी बाँकेका स्थापना गरिएका वा गरिने उद्योगका उत्पादनको बजारीकरण गर्न रेलमार्ग,
राजमार्ग, हवाइ मार्गको व्यापक विकासमा जोड दिनुपर्छ । यो कार्यका लागि राज्यले ढुवानी वा कर छुट वा अनुदानको व्यवस्था गर्नुपर्छ । यस प्रक्रियाका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलगायत सम्बन्धित
संस्थाहरुले दवाब दिने र पैरवी गरिरहेको छ । यसलाई अझ सशक्त रुपमा गर्नुपर्छ । राज्यले अनुदान, राहात वा छुट दिँदा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्छ । औद्योगिक क्षेत्रमा विद्युतको अविच्छिन्न व्यवस्था गर्न फरक वितरण प्रणाली लागू गर्नुपर्छ । औद्योगिक क्षेत्रभित्र
स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर, निश्चित अवधिसम्म भूमिको भाडा, पानी, विद्युत आदिको छुट गर्नुपर्छ । भारतको रुपैडियादेखि चीनको हिल्सा नाका कणर्ाली कोरिडोर हुँदै विकास गर्न सकेमा त्रिदेशीय
व्यापारिक सम्बन्ध कायम हुन्छ । यसले समग्र बाँके जिल्ला समृद्ध बन्ने आधार बन्छ । परापूर्वकालदेखि नै तिब्बत र भारतीय सामानको आयात निर्यात गर्न कणर्ालीवासीका लागि बाँके व्यापारिक केन्द्र थियो । भारतीय बजार रुपैडिया, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, गोलाघाट हुँदै कणर्ालीका जिल्लाबाट तिब्बतको हिल्सासम्म हुने गथ्र्यो । जुन मार्ग अहिले
कणर्ाली करिडोरको रुपमा विकसित हुँदैछ ।

पश्चिमकै ठूलो भन्सार नाका नेपालगन्जको जमुनाहामा खुलेपछि आयात निर्यातमा सहजता भएको हो । हाल आइसीपी निर्माणले उत्साह थपेको छ । भारतको सबैभन्दा ठूलो राज्य उत्तरप्रदेशको राजधानीसंग सिधा सम्पर्क हुनु हाम्रो लागि ठूलो कुरा हो । रुपैडियासम्म ब्रोडगेज रेललाइन बिस्तार भएपछि त्यो रेल लाइन
आइसिपीसम्म आउनुपर्छ र त्यसलाई सुख्खा बन्दरगाहाकारुपमा विकास गरिनुपर्छ ।

पर्यटन । बाँकेमा थुप्रै पर्यटकीय क्षेत्र छन् । पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज यहाँको प्रमुख पर्यटकीय गन्तव्य हो तर यसको उचित प्रचारप्रसार हुन सकेको छैन । धार्मिक पर्यटकीय
गन्तव्यका रुपमा शक्तिपीठ माता बागेश्वरीको मन्दिर अर्को पर्यटकको गन्तव्य हो । विश्वमै नभएको जुंगे खडेश्वर महादेवको मन्दिर पनि पर्यटकलाई आकर्षित गर्न सक्छ । भुवंर भवानी देवीको मन्दिर, कम्मरशाह बाबा, इदगाहा
मस्जिद, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि यस जिल्लाका थप आकर्षणका विन्दुहरु हुन् । यसैगरी महेन्द्रपार्क मिनि चिडियाघर, रानी तलाउ, वाटर पार्क, कान्ति ताल पनि प्रमुख पर्यटकीय क्षेत्र हुन् । राप्ती
नदी किनार क्षेत्र, ढकेरी, अगैया, गाभर, नरैनापुर क्षेत्र, कम्मरशाह, सहायक केन्द्र बन्नसक्छन् । व्यवसायिक रुपमा सञ्चालन भए पनि मेरो प्लानेट, ह्याप्पी वल्र्ड र
वण्डरल्याण्ड पनि स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक छन् । कुनै बेला साबिकको मध्य र सुदूरपश्चिमको ठूला कार्यक्रमहरु नेपालगन्जका होटलले
धानेका थिए । पश्चिम नेपालको आर्थिक हब भए पनि संघीयताले यहाँको होटल व्यवसायसँगै बाँकेको समग्र व्यापार व्यवसाय मारमा पर्‍यो । होटल व्यवसाय
त धरासायी हुने अवस्थामा नै पुग्यो । संघीयताले होटल व्यवसायमा लागेको घाउमा मल्हम लगाउने काम मानसरोवर यात्राले गरेको छ । भारतीय पर्यटकहरूलाई
नेपालगन्ज हुँदै मानसरोबर जान सजिलो हुनेभएपछि तीर्थयात्रीलाई लक्षित गरी दर्जनौं सुविधा सम्पन्न होटल सञ्चालन भएका छन् । नेपालगन्ज विमानस्थललाई
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाको रुपमा काम गर्नुपर्छ । तत्काल नेपालगन्ज-दिल्ली उडानको पहललाई सार्थक बनाउन सके यसले यहाँको पर्यटन विकासमा ठूलो योगदान दिनसक्छ ।

नेपालगन्ज विमानस्थलको गुरुयोजनालाई तत्काल कार्यन्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ । कणर्ाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेको बाँकेमा क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्ने हो भने बर्दिया राष्ट्र्रिय निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र
सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको अन्य पर्यटकीय स्थलसँग बाँके पर्यटन द्वार बन्नसक्छ । स्वदेशभित्रै मात्रै होइन भारतको दिल्ली,अयोध्या,चण्डीगढ जस्ता शहरसंग सिधा सम्पर्क र पहुंच स्थापित गर्ने हो भने यहाँ भारत लक्षित पर्यटकको अथाह सम्भावना रहन्छ ।

२.४. कृषि क्षेत्र । बाँके कृषि उपजका लागि उर्भर भूमि हो । जिल्लाको ग्राहस्थ उत्पादनमा ठूलो योगदान रहेको छ । अधिकांश आकासे खेतीमा निर्भर जिल्लाको कृषिमा राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले कृषि उद्योगको सम्भावना बढाएको । कृषि पकेट क्षेत्र र स्मार्ट कृषि गाउँ बनाइएका छन् । यसको विस्तार र कृषि
उपजको बजारीकरण आफैले खोल्नुपर्छ । तरकारी र खाद्यान्नमा जिल्ला आत्मनिर्भर हुँदै गर्दा अन्य कृषि उपजहरुमा पनि आत्मनिर्भर बनाउनुपर्छ ।
अर्गानिक खेतीमा जोड दिनुपर्छ । रसायनिक मल उत्पादनका लागि प्रादेशिक स्तरमा उद्योग स्थापना गर्नुपर्छ । प्रारङ्गिारिक मल उत्पादनका लागि स्थानीय तहमै कारखाना स्थापना गर्नुपर्छ । कृषियोग्य जमिनलाई खण्डिकरण गर्ने प्रक्रिया तुरुन्त रोकी सहकारी स्तरमा चक्लाबन्दीको व्यवस्था गरेर उत्पादनको पकेट क्षेत्र बनाउनुपर्छ । त्यसलाई राज्यले प्रोत्साहन
गर्नुपर्छ ।

२.५. शिक्षा क्षेत्र

शिक्षाको क्षेत्रमा पश्चिम नेपालको प्रमुख शहर हो नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पसले हजारौं बिद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको छ । पश्चिचमका हजारौ बिद्यार्थीहरु यहाँ पढिसकेका छन् भने हाल पढ्न आइरहेका छन् । बाँकेमा नीजिक्षेत्रबाट संचालनमा रहेको मेडिकल कलेजमा चिकित्सा पढाइरहेको छ जहाँ भारत लगायतका देशमा बिद्यार्थीहरु पढ्न आउँछन् । भेरी
अस्पताललाई समेत मेडिकल कलेज बनाउने गरी भएका निणर्य कार्यान्वयन हुने हो भने थप बिद्यार्थीले नेपालगन्जमै पढ्ने अवसर पाउँने छन् । सामान्यदेखि
प्राविधिक धारका अनेकन कलेजहरुले शिक्षा दिइरहेका छन् । यहाँ बिशिष्टीकरण गरी शिक्षाक्षेत्रमा थप उन्नती प्रगति गर्ने सम्भावना छ । प्रदेशस्तरबाट लुम्बिनी प्राविधिक बिश्वबिद्यालय संचालनमा आउनु आफैमा ठूलो कुरा हो । त्यसलाई परिस्कृत गरेर लैजाने हो भने प्राविधिक शिक्षा पढ्न बिदेश जानुपर्ने बाध्यताको अन्त्य हुन्छ । स्थानीय उद्योग, व्यापार र सेवालाई चाहिने जनशक्ति उत्पादन गर्ने शैक्षिक कार्यक्रम वा व्यवसायिक सीपमूलक तालिम सञ्चालनमा जोड दिनुपर्ने । समृद्ध बाँके निर्माण गर्ने क्रममा यहाँ अवस्थित शैक्षिक पूर्वाधारले मात्र सेवा प्रदान गर्न नसक्ने हुँदा यस क्षेत्रका अन्य पालिकाहरुलाई शैक्षिक हबको रुपमा विकास गर्र्नुपर्छ ।

२.७. पूर्वाधार विकास
बाँकेका सबै स्थानीय तहमा सडक सञ्जाल विस्तार भइसकेको छ । गाउँटोलमा पक्की सडक र नाली निर्र्माण भएका छन् । जिल्लाका सबै स्थानीय तहलाई
पूर्वपश्चिम राजमार्ग, रत्नराजमार्ग र हुलाकी राजमार्गले जोडेको छ । आगामी दिनमा रेलमार्ग, हुलाकी राजमार्गको विस्तार, नेपालगन्ज र कोहलपुरमा छुट्टाछुट्टै चक्रपथ निर्माण, पूर्वाधारको स्तरोन्नती र ग्रामीण भेगमा
पनि भौतिक पूर्वाधार विकासमा जोेड दिनुपर्छ ।लपुरानो शहर हुँदाहुँदै पनि राज्यका नीति निर्माताहरुले विकासका सवालमा हेपाह व्यवहार प्रकट गरेको यहाँ नागरिकले महसुस गरेका छन् । अब यहाँका प्रत्येक नागरिकले नेपालगन्जको समृद्ध के गरेर बन्छ र त्यस आधार के हुन
भन्ने हेक्का राखेर अघि बढ्नुपर्ने बेला आएको छ । यो शहरको विकासको रफ्तार अघि बढाउनका लागि बिभिन्न राजनीतिक गतिबिधिका क्रममा मैले एजेण्डा
अघि सार्दै आएको छु । यि बिषयमा प्रशस्त बहस र छलफल भएका छन् । पूर्वाधार निर्माणमा राज्यका कुन निकायले के गर्नुपर्छ ? उद्योग, कलकारखाना संचालनका लागि कस्तो वातावारण निर्माण गर्नुपर्छ राजनीतिक नेतृत्वले घच्चघच्याउन सक्नुपर्छ ।

मिश्र नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मितिः     २७ जेष्ठ २०८१, आईतवार ०८:५०  |