
नेपालगन्ज । हावाहुरीका कारण पाेल र तारमा क्षति भए पछि नेपालगन्जमा सात घण्टादेखि बिद्धुत सेवा अवरुद्घ भएको छ । बुधवार दस बजेपछि देखि नै आउने जाने भइरहेकाे बिद्धुत सेवा राति १ बजेदेखि पुर्णरुपमा अबरुद्ध छ ।
नेपाल बिद्धुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका अनुसार,हावाहुरीका कारण बिद्धुत अवरुद्ध भएको छ । धेरै स्थानहरुबाट बितरण तथा प्रशारण लाईनको पोल र तारमा क्षति भएको विवरण प्राप्त भई रहेकाे र हाल क्षतिको बिबरण नो लाईटको फोनबाट संकलन भैरहेको छ ।
कयौं स्थानहरूमा पोलहरु ढलेको र दर्जनौ स्थानमा तारहरु चुडिएको अवस्थामा बिद्धुत फेरि संचालन गर्न केही समय लाग्ने देखिएकोले ग्राहक बर्गमा धैर्य गरि बसिदिन हुन अनुरोध गरिएको छ।

गत जेठकाे महिनामा समेत हावाहुरीका कारण बाँकेमा डेढ सय पाेल ढलेर लामाे समय बिद्धुत सेवा अबरुद्ध भएको थियो । प्राकृतिक बिपदमा यस्ता समस्या आउने भए पनि पटक-पटक हावाहुरीले पाेल ढल्दा यसकाे गुणस्तर माथि नागरिकस्तरबाट प्रश्न उठेकाे छ ।