कृषिमा उदाहरण बनेकी गीता माैर्य


 

नेपालगन्ज । कृषि क्षेत्रमा निरासा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । हातमा हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायको डिग्री छ ।

तर उनले जानकी गाउँपालिका–२ मा जग्गामा अण्डा उत्पादनका लागि दुई हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा निकै व्यस्त छिन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन,–‘निरन्तरता,ईच्छाशक्ती चाहिन्छ,कृषिमा सम्भव छ ।’

जानकी । पढेलेखाका युवायुवती कृषिमा संलग्न भइरहेका छन् । यिनै मध्ये हुन नेपालगन्ज–१२ की गीता मौर्य । हातमा हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायको डिग्री छ । तर उनले जानकी गाउँपालिका–२ मा जग्गामा अण्डा उत्पादनका लागि दुई हजार लियर्स र स्थानीय जातका कुखुरा पालन गरिरहेकी छन् । अन्य खेतीपातीमा निकै व्यस्त छिन् ।

मौर्य नेपालगन्जमा जन्मिइन र हुर्किइन । बुवाआमाले राम्रै पालनपोषण गरे । दाजुबहिनी बीच कुनै विभेद गरेनन् । त्यसैले उनले राम्रोसंग पढ्न लेख्न पाइन । मौर्य भन्छिन,–‘फरक समुदायिक पृष्ठभूमि भए पनि हामीले कहिले पनि बिभेदको महसुस गर्न परेन । बुवाआमाले राम्रो हेरचाह गर्नुभयो ।’ त्यसैले हस्पिटल म्यानेजमेन्ट र ब्यवस्थापन संकायसम्म पढ्ने अवसर पाइन ।

हातमा रहेका यी पढाई अनुसारको जागिर खान भने उनलाई कत्ति पनि रुचि भएन । आफुले भने जस्तो गर्न उनले कृषि रोजिन । कृषिमा प्रशस्त सम्भावना नभएको होइन । तर कृषिमा आधुनिकीकरण छैन । त्यो गर्न नयाँ पुस्ताको आगमन नभएको महसुस गरेर उनले यो क्षेत्रमा हात हालिन ।

अध्ययनकै शिलसिलामा मौर्य दक्षिण अमेरिका पुगिन । त्यहाँ उनले कृषिसंग सम्बन्धित पढाइ गरिन । त्यहाँ पढेर सिकेको कुरा स्वदेशमा उपयोग गरेर उत्कृष्ट कृषक बनेकी छन् । अहिले उदाहरणीय कृषक बन्न सफल भएकी हुन ।

आठ बर्षदेखि लोभलाग्दो र उदाहरणीय कृषि कर्म गरिरहेकी छन् । कृषि क्षेत्रमा धेरैका लागि प्रेरणाको स्रोत हुन । दक्षिण अमेरिकाबाट पढाई सकेर उनले बुवाको जग्गा रहेको ठाउँमा शुरुमै पाँच हजार कुखुरा पालिन । अण्डा राम्रैसंग उत्पादन गरिन । शुरुमा बिक्रि पनि राम्रै भयो । तर २०७४ सालमा अण्डाको कारोवार घटेपछि बजार माग अनुसार अहिले दुई हजार कुखुरा पालिरहेकी छन् । जसमा दैनिक ३५ क्यारेट अण्डा घरबाटै बिक्री हुन्छ । बेच्न कुनै समस्या नभएको उनको भनाइ छ ।

‘मलाई अहिले बेच्न समस्या छैन । बजारको माग अनुसार उत्पादन गरेकाले तनाव लिनु नपरेको हो ’– उनले भनिनन् । मौर्यले स्थानीय जातको कुखुरापालन गरिरहेकी छन् । उन्नत जातको कुकुर समेत पालन गरेर आम्दानी गरेकी छन् ।

उनले नै बाँकेमै जर्मन सेफड,डावरमेन र पमेलियन जस्ता उन्नत जातका कुकुरको ब्यवसायिक पालन शुरु गरे गरेकी हुन । पाल्नका लागि ल्याउनुभएको कुकुरबाटै व्यवसायिक कुकुरपालन शुरु गर्नुभएको हो जुन सफल भइरहेको छ । अहिले नेपालगन्जमै पेट हाउसहरुले अर्डर गरेपछि मात्रै अन्यत्रबाट कुकुर ल्याउने गरेका छन् यहाँ नै उत्पादन हुँदैन । तर मौर्यले शुरु गरेपछि नेपालगन्ज मात्रै नभई भारतबाट समेत माग आइरहेको छ ।

कृषि क्षेत्रमा निरासा व्यक्त भइरहेका बेला मौर्य एउटा आशाको केन्द्र बनेकी छन् । कृषिबाट देशको प्रगति हुने बताउँदै उनी भन्छिन,–‘निरन्तरता,ईच्छाशक्ती चाहिन्छ,कृषिमा सम्भव छ।’

प्रकाशित मितिः     ८ असार २०८१, शुक्रबार ०७:५९  |