नेपालगन्ज । नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका कर्मचारी मध्यराति एउटा घरमा बिद्युत सेवा अवरुद्घ पारेर गायब भएका छन् । काेरियनपुरस्थित कुन्जरमणि पाेखरेलकाे घरमा राति ११ बजेदेखि बिद्युतका कर्मचारीले अवरुद्घ गरेकाे बिद्युत सेवा लामाे समयसम्म सुचारु हुन सकेकाे छैन् । पिडितका अनुसार शुरुमा पाेखरेलकाे घरमा विद्युत थियाे र वरिपरि थिएन ।
विद्युतका कर्मचारी त्याे बनाउन आए । उनिहरुले बनाए पछि अरुको घरमा विद्युत आयो तर पाेखरेलकाे घरमा अवरुद्ध भयो । याे बिषयमा फिल्डमै रहेका कर्मचारीलाई तत्कालै जानकारी गराए पनि उनिहरुले एक पटक पनि बनाउने प्रयास त के हेर्न समेत हेरेनन् । त्यहाँ खटिएका कर्मचारी काे थिए र याे हदसम्मकाे गैरजिम्मेवार काम किन गरे भन्ने पहिचान र बास्ततविकता खुल्दैछ ।
आफ्नो घरमा विद्युत सेवा अवरुद्घ भएको जानकारी गराउँदा कर्मचारीले भाेलि निवेदन दिन आउनु भनेकाे पिडितले बताएका छन् । साथै तार जलेकाले तार ल्याउन भनेका थिए । तर तार आफुसंगै रहेकाे जानकारी गराउँदा समेत ऊनीहरुले बनाउन वास्ता नगरी त्यहाँबाट अन्त हिडे । अबरुद्ध विद्युत सेवा सुचारु गर्नुपर्नेमा सुचारू भएको विद्युत सेवा अबरुद्ध गरेर कर्मचारी भागेकाे पिडितकाे भनाइ छ ।
याे बिषयमा विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखले प्रयाेग गर्ने माेवाईल नम्बरमा एसएमएस मार्फत जानकारी गराईएको छ भने राति कार्यालयमा पुगेर गेट बाहिरबाटै गुनासाे टिपाउँदा अब भाेलि बन्ने गैरजिम्मेवार अभिव्यक्ति राति खटिएका कर्मचारीले दिएका थिए ।
गर्मीमा अनायासै विद्युत सेवा अवरुद्घ भए पछि निकै समस्या झेल्नुपरेकाे पिडितकाे भनाइ छ । ‘कर्मचारी निकै गैरजिम्मेवार देखिए । बन्दै नबन्ने कुरा बनाईदिए भन्ने कुरा भएन तर बन्छकि बन्दै ? के समस्या भयाे भन्ने सुन्न समेत तयार भएनन् । तार हुँदाहुँदै भाेलि निवेदन ल्याउनु भनेर हिडे’- पिडितले भने ।