हेरौँ तुलसीपुर,चिनौँ तुलसीपुर अभियान नीति तथा कार्यक्रममा समावेश


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगर प्रमुख टीकाराम खड्काले १५ औँ नगर सभाको पहिलो बैठकमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

खड्काले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषि,पशु सेवा,रोजगारी, गरिबी निवारण, शिक्षा,स्वाथ्य,खेलकुदका बिषयलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा उपमहानगरले कृषि तर्फ घुम्ती कृषि एम्बुलेन्स सेवा संचालन गर्ने,बिऊ प्रवद्धन कार्यक्रम अन्तर्गत तोरी,च्याउन र मकैको बिउमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ । तुलसीपसरमा एक घर एक बिरुवा कार्यक्रम लागूगरी फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइने,पालिका भित्र उत्पादन गरिएका अग्र्यानिक कृषिजन्य वस्तुको बिक्रिका लागि आवश्यक प्रक्रिया अघि बढाइने भएको छ ।

यस्तै पशु सेवा तर्फ कृषकको गोठमै पुगेर प्राबिधिक सेवा उलब्ध गराउने,रेबिज विरुद्धको खोप निशुल्क व्यवस्था गर्ने,सामूदायिक कुकुरकालागि निशुल्क बन्ध्याकरण शीविर संचालन गर्ने लगाएतका कार्यक्तम समेटिएको छ ।
पर्यटन प्रवद्धन तर्फ हेरौँ तुलसीपुर,चिनौँ तुलसीपुर अभियान चलाउने,छिल्लीकोट,सुकौराकोट,थर्कोटको विकासकालागि अध्यन अनुसन्धान थालिने,टरीगाउँ विमानस्थल विस्तारकालागि आवश्यक समन्वय र पहल गर्ने,गौरीगाउँ तालको गुरुयोजना अनुरुप स्तरोन्नती गर्ने,राजनीतिक,सामाजिक आन्दोलनमा योगदान पु¥याएका वाम नेताहरु श्रीमणी आचार्य,दर्गा मजगैया र मेघबहादुर विसीको सम्मानमा पार्क निमार्णगरी पर्यटकियस्थलका रुपमा विकास गर्ने लगाएतका योजना समेटिएको छ ।
शिक्षा युवा तथा खेलकुम तर्फ फ्रि बुक फ्री कलास रुपको अबधारण ल्याउने,मेयर रिसर्च कार्यक्रम संचालन गर्ने, नगर नगरस्तरीय बृहत् तुलसीपुर शैक्षिक प्रदर्शनी सिकाइ मेलाको आयोजन गर्ने, सुस्त श्रवण र दृष्टिविहिन बालबालिकाहरूका लागि निश्चित स्थानमा आवासीय पठनपाठनको व्यवस्था मिलाउने, नगरभित्र प्राविधिक शिक्षामार्फत् सिक्दै कमाउँदै, कमाउँदै सिक्दै कार्यक्रम लागू गर्ने, छात्राहरूलाई महिनावारी हुँदा कक्षा छाड्ने, विद्यालयमा अनुपस्थित हुने प्रवृतिलाई निरुत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन उपमहानगरपालिकाले निशुल्क सेनेटरी प्याड वितरण कार्यलाई यस बर्ष पनि निरन्तरता दिने र सेनेटरी प्याड डिस्पोजल मेसिन समेत उपलब्ध गराउने। सबै छात्रा, छात्रहरुका लागि अलग-अलग वास सहितको अपांगमैत्री शौचालय व्यवस्थापन गर्ने । खेलकुदलाई प्रोत्साहन गर्न खुला व्यायामशालाको अवधारणा ल्याउने,अन्तरपालिका, उपमहानगरपालिकास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पदक प्राप्त गर्ने उपमहानगरपालिकाभित्रका खेलाडीहरूको अभिलेख तयार गरी उचित प्रोत्साहन गर्ने कार्यक्रम समेटिएको छ ।

स्वास्थ्य तर्फ भीमसेन मेट्रो अस्पतालमा गुणस्तरीय, सर्वसुलभ उपचारात्मक तथा निदानात्मक सेवालगायत विशेषज्ञ उपचार सेवा सञ्चालन गर्ने , विपन्न जेष्ठ नागरिक तथा अशक्तलाई घरदैलोमै उपचार गर्ने, पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निस्शूल्क स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने, तुलसीपुर उज्यालो कार्यक्रम अन्तर्गत निस्शुल्क मोतियाबिन्दु शल्यक्रिया सेवालाई निरन्तरता दिने, विकट बस्तीमा उपमेयर आमा बचाऔँ, सुरक्षा योजनाअन्तर्गत आवासीय प्रसूति तयारी योजना, निस् शुल्क गर्भवतीको लागि घुम्ती अल्ट्रासाउण्ड सेवा, नवविवाहित पहिचान तथा गर्भवती निमन्त्रणा कार्यक्रम सञ्चालन गर्ने, मेयर स्वस्थ्य मुटु अभियान सञ्चालन गरी नसर्ने रोगहरुको उपचार तथा सचेतनालाई विद्यालयस्तरदेखि लागू गर्ने,नगरका सवै वडामा योग तथा ध्यानकेन्द्र सञ्चालन गर्ने,स्मार्ट छोरी कार्यक्रमलाई निरन्तरता दिइने लगाएतका बिषय समेटिएको छ ।
पूर्वाधार विकास तर्फ तुलसीपुर उपमहानगरपालिकाबाट निर्माण हुने सडकहरु व्यवस्थित र दिगो राख्नको लागि अस्फाल्ट कन्क्रिट कालोपत्रे गर्ने, बजार क्षेत्रमा सवारी चाप तथा दूर्घटना न्युनीकरणका लागि भित्रि चक्रपथको स्तरउन्नति गरी हेवी सवारी/साधनलाई बाइपासको व्यवस्था गर्ने, तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा ईलेक्ट्रिक नगर बस सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने योजना ल्याइएको छ ।

यस्तै,नक्सापास नगरी घरबनाउने कार्यलाई निरुत्साहित गर्न नक्सापास नगर्ने घरधनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा साथै विद्युत खानेपानीलगायतका सिफारिस समेत कटौति गर्ने,घ वर्गका घरहरूलाई नक्सापास प्रक्रियामा ल्याउन उपमहानगरपालिकाबाटै निशुल्क नक्सा प्रोटोटाइप डिजाइन नमुना उपलब्ध गराउने व्यवस्था गरिएको छ । त्यसैगरी,आगलागी नियन्त्रणको लागि हाल भएको बारुणयन्त्र ९दमकल० लाई नियमित मर्मत सम्भार गरी २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाउने र थप एक प्रविधियुक्त बारुणयन्त्रको खरिद गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरको फोहोरलाई दीर्घकालीनरुपमा व्यवस्थापन गर्नको लागि स्थायी ल्याण्डफिल साईटको व्यवस्था गर्ने, फोहोरलाई मोहरमा परिणत गर्न रिफ्युज, रिडियुस , रियुज , र रिसाइकल चार आर को अवधारण अवलम्बन गरि नगरको फोहोरको दिगो व्यवस्थापन गर्ने नीति निर्माण गर्ने,
त्यसैगरी सूचना तथा संचार तर्फ तुलसीपुर उपमहानगरपालिकाबाट प्रकाशित गरिने सूचना तथा विज्ञापनलाई एकद्घार प्रणालीद्घारा व्यवस्थित गर्ने, लोककल्याणकारी सूचना तथा विज्ञापनलाई सञ्चारमाध्यमहरुको वर्गीकरणका आधारमा कार्यान्वयनमा ल्याइने, तुलसीपुर उपमहानगरपालिकभित्र रही सञ्चालनमा आएका सञ्चारमाध्यमहरुका लागि आवश्यक पर्ने सामग्रीमा अनुदान र फेलोसीपको समेत व्यवस्था गरिने उल्लेख छ ।
ूतिरौ कर, बनाउ विकसित नगरू का लागि प्रगतिशील कर प्रणालीको विकास सक्षम, कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, कानूनबमोजिम तोकिएका कर राजस्व, रोयल्टी, बिक्री तथा निकासी र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने,  करदाता विवरण डिजिटल प्रणालीमा आबद्ध गर्दै प्रत्येक करदाताको कर तिर्ने दायित्वलाई एकीकृत गरी सबैलाई करको दायरामा समेटिने लगाएतका व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः     ११ असार २०८१, सोमबार १८:०६  |