मदन जयन्तीमा एमालेले बाँकेले एकैदिनमा लगायाे २५ सय बिरुवा


 

नेपालगन्ज । जननेता मदन भण्डारीकाे ७३ औँ मदन जन्म जयन्तीको अवसरमा नेकपा एमाले बाँके जिल्ला कमिटीले जिल्लाभर एकैदिन २५ सय बिरुवा लगाएको छ । शुक्रबार एकैदिनमा जिल्ला कमिटीकाे आह्वानमा आठवटै पालिकामा वृक्षरोपण गरिएको सचिव बलराम भट्टराईले जानकारी दिए ।

 

कार्यक्रम भव्यताका साथ सम्पन्न भएको र हरियाली गाउँ शहर निर्माणमा बृक्षाराेपणले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । स्वस्थ सुन्दर र हरियाली बाँके जिल्ला बनाउने उद्देश्यका साथ झण्डै २५ सय को सङ्ख्यामा विभिन्न प्रजातिका बिरुवाहरू लगाइएको हो ।

 

आफ्नो सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ता जनवर्गीय संगठनका सबै र आम जनसमुदायलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरिएको छ ।

मदनकुमार भण्डारी (वि.सं. २००९-२०५०) नेपालका राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) का नेता थिए। जनआन्दोलन २०४६ मा बाम मोर्चाबाट सकृय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले प्रतिपादन गरेको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा (एमाले) बहुलबादी राजनीतिमा अगाडि बढी आम निर्वाचन २०४८ मा भाग लिई देशको प्रमुख प्रतिपक्षको रूपमा स्थापित भएको थियो। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे ।

प्रकाशित मितिः     १५ असार २०८१, शुक्रबार १२:३३  |