न्युरोडबाट ‘क्यारिङ’गरेर थुपारेकाे ३८ लाखकाे सामान बरामद


 

नेपालगन्ज । ठूलो परिमाणमा भन्सार छलि भण्डारण गरेर राखेको लत्ता कपडा जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेकाे छ ।

साेमवार प्रहरी टोलीले नेपालगंज- २ न्युरोड भानुभक्त चोक स्थित सोनी गुप्ताले आफ्नै घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरी ल्याएको सामान बरामद गरेकाे हाे ।

अवैधरुपमा भण्डारण गरी राखेको अन्दाजी मुल्य रु. ३८ लाख ३९ हजार २ सय बराबरको सामानहरु बरामद गरी गुप्ता सहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको छ ।

बरामद सामानमा कुर्ता सुरुवाल ४ हजार २ सय ७४ पिस- अन्दाजी मुल्य रु.३४ लाख १९ हजार २ हजार, साडी ८ सय ४० पिस अन्दाजी मुल्य रु.४ लाख २० हजार रहेकाे छ ।

प्रकाशित मितिः     १८ असार २०८१, सोमबार १५:५७  |