आश्रम र बिद्यालयमा स्वास्थ शिविर आयोजना


नेपालगन्ज । लायन्स क्लब अफ नेपालगन्ज जीवनले मानव सेवा आश्रम आदर्शनगर नेपालगन्जमा स्वास्थ्य चेकजाँच कार्यक्रम गरेको छ । आश्रममा रहेका धेरैमा मानसिक स्वास्थ समस्या धेरै देखिएको क्लबका अध्यक्ष जीवन शर्माले बताए । अन्यमा शारीरिक समस्या र केहीमा छालाको समस्या देखिएको छ ।

भेरी अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ
डाक्टर प्रदीप रेग्मी , जनरल फिजिसियन डाक्टर उमेश ढुंगाना र छाला रोग विशेषज्ञ डाक्टर अस्मिता सुवेदीले चेकजाँच गरेका थिए ।
केही मा रगत परिक्षण गर्न क्वेस्ट प्याथोलोजीले सहयोग गरेको थियो भने अपुग औषधिमा नेपाल फर्मास्युटिकलले सहयोग गरेको क्लब अध्यक्ष जीवन शर्माले जानकारी दिए ।

आश्रममा नै आएर सेवा दिएकोमा सम्पुर्ण चिकित्सक र क्लबलाई आश्रम प्रमुख उर्बिन सापकोटाले दोसल्लाले सम्मान गर्दै धन्यवाद व्यक्त गरे ।
साथै क्लबले दुई दिने मुटु परिक्षण कार्यक्रम गरेकाे छ ।  युद्ध संस्कृत माबिका विद्यार्थीहरुको वरिष्ठ मुटु रोग विशेषज्ञ डा. विकास नेपालले तेजस्वी हर्ट सेन्टरमा परिक्षण गरेका थिए । जसमा ५ जनामा रिउमाटिक हर्ट डिजिज देखिएको छ ।

प्रकाशित मितिः     २३ असार २०८१, शनिबार १५:५५  |