नेपालगन्ज । अविरल बर्षाका कारण ठाउँ-ठाउँ आएको बाढीबाट धनजनकाे नाेक्सानी राेक्न सुरक्षाकर्मी परिचालन गरिएको छ । परिचालित सुरक्षाकर्मीले स्थानीयकाे उद्वार गरिरहेका छन् ।
आइतबार जिल्ला बाँके राप्तिसोनारी गाँउपालिका -६ पिप्रहवा घाट स्थित राप्ति नदिको किनारमा जिल्ला बाँके राप्तिसोनारी गाँउपालिका वडा नं ६ बस्ने बर्ष ४१ को दिनेश मल्लाहा डुङ्गा चालक, बर्ष ४० को राजु मल्लाहा, बर्ष ४१ को ओम प्रकाश गोडिया र बर्ष ४३ को रामसनहि मल्लाहालाई सशस्त्र प्रहरीले उद्वार गरेकाे छ ।
उनीहरु राप्ति नदिमा आएको बाढिको कारण नदिपार गर्न नसकी नदि किनारमा रहेका थिए । उनिहरु नदिमा रहेकाे खवर प्राप्त भए पश्चात सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्ववरी बाँकेबाट सशस्त्र प्रहरी उपरिक्षक बिमल डाँगीको कमाण्डमा ३२ जना र सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण हेडक्वाटर शम्शेरगंज बाट सप्रनाउ देव बहादुर बोहराको कमाण्डमा ११ जनाको टोलि उक्त स्थानमा खटिएको थियो ।
त्यहाँ पुगेकाे सशस्त्र प्रहरीले ११:१० बजेको समयमा सकुशल उद्दार गरेकाे थियाे ।
आइतबार नै सशस्त्र प्रहरीले बाँके नेपालगंज उप- महानगरपालिका २० गायत्रीनगर भन्ने स्थानमा केहीलाई
उद्वार गरेकाे छ ।
अविरल बर्षाको कराण उक्त स्थानमा रहेका ६ वटा घरहरु डुवानमा परेको हुँदा उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल आयल निगम सुरक्षा बेश राझा बाट सप्रसनि सन्तोष कुमार शर्माको कमाण्डमा ७ जनाको टोलि खटिगई सर सामानहरु गायत्री मन्दिरमा स्थानान्तरण गरि सुरक्षित गरिएको छ ।