नेपालगन्ज । नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालगञ्ज नयाँ आधिकारिक डिलरसिपको उद्घाटन समारोहसँगै ‘फ्युचरिस्टिक’ ओमोडा इफाइभ गाडीलाई स्थानीय बजारमा सार्वजनिक गरेको छ ।
मिडिया तथा अतिथि लगायत सय भन्दा बढी सहभागीहरूको उपस्थितीमा नयाँ डिलरसिप उद्घाटन तथा सार्वजनिक गरिएको हो । यस कार्यक्रमको साथ ओमोडाले डिलर नेटवर्कको विस्तार गर्दै विभिन्न क्षेत्रका ग्राहकहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यलाई निरन्तरता दिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख अतिथ्य रहेका यस समारोहमा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी (एसपिजिएच) का अध्यक्ष चिन्तामणि न्यौपाने, एस पिजि अटोमोबाइल्स र सिद्धार्थ टेक प्राका सदस्यहरु विवेक कुमार श्रेष्ठ, एमडी, सिद्धार्थ टेक प्रा.लि श्री केशव न्यौपाने, निर्देशक, सिद्धार्थ टेक प्रा. लि., ऋषि कँडेल, निर्देशक, सिद्धार्थ टेक प्रा. लिमिटेड आशिष दाहाल, वरिष्ठ प्रबन्धक, एस पिजि अटोमोबाइल प्रालिका बीच ओमोडा इफाइभको औपचारिक रुपमा अनावरण गरिएको थियो।
ओमोडा इफाइभले यस क्षेत्र भित्रका ग्राहकहरुलाई एकै स्थानबाट सम्पूर्ण सेवा प्रदान गर्दै आफ्नो डिलर नेटवर्कको विस्तारमा हत्वपूर्ण कोसेढुङ्गाको रूपमा स्थापित रहने विश्वास लिइएको छ ।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाका अनुसार, “हामीले ओमोडा इफाइभको लागि उत्साहजनक र सकारात्मक बजार प्रतिक्रिया पाएका छौं। हाम्रा ग्राहकलाई विद्युतीय सवारी साधन प्रविधिमा भएको पछिल्लो प्रगतिको आदानप्रदान गर्दै, नयाँ गाडीहरू प्रदर्शनी गर्ने तथा खरिदमा उचित फाइनान्सिङ गर्ने लगायतका एकै ठाउँमा प्राप्त गर्न सकिने सुविधा सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता हो। हामी नेपालगञ्जका हाम्रा ग्राहक र इभि प्रेमीहरूलाई हाम्रो नयाँ सोरुम भ्रमण गर्न र फ्युचरिस्टिक गाडीका अनेक फाइदाहरू अनुभव गर्न आमन्त्रित गर्दछौँ ।
नेपालगञ्जमा एसपिजि अटोमोबाइल्स प्रा.लि. को नयाँ आधिकारि वितरक ‘सिद्धार्थ टेक प्राइभेट लिमिटेड’ यही जुलाई २०२४ देखि उद्घाटनसँगै सञ्चालनमा आइको छ । ओमोडा इफाइभ विद्युतीय सवारीले विभिन्न विशेषता सहित सुरक्षित, आधुनिक र नौलो ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
प्रि-बजेट मूल्य रू. ६१.९९ लाख सिङ्गल टोन, ६२.४९ लाख डुअल टोन भएको ओमोडा इफाइभ नेपालको अग्रणी इभि ब्रान्ड र मोडल हो जसले ४३० किमिको लामो रेन्ज, १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स र ९९ किलोवाटको मोटर पावर प्रदान गर्दछ । लेभल २.५ को एडिएएस (ADAS) सुरक्षित ड्राइभिङ प्रणाली रहेको ओमोडा इफाइभ, नेपाली बजारमा लिथियम आइरन फस्फेट ब्लेड ब्याट्रीद्वारा सञ्चालित रहेको छ ।
एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड ओमाडा र जेइको अटोमोबाइल्स को लिमिटेडको नेपालका लागि आधिकारिक वितरक हो ।