बढ्दो शहरीकरणसँगै खजुरा आउने नागरिकहरुलाई आफ्ना आफन्तको घर पत्ता लगाउन अलपल पर्न थालेको थियो ।
पुनर्वासले बनाइदिएको गल्ली र चोकहरुमा तिब्ररुपमा बनेको पक्की संरचनाले हरेक पटक खजुरा आउँदा आफन्तको घर पत्ता लगाउन र गल्ली पत्ता लगाउन असहज भइरहेको गुनासो आउन थालेपछि हामीले खजुरामै पहिलो प्रयोगकारुपमा गल्लीको नामाकरण गरेका छौं ।
संघीयताले खारेज गरेको धौलागिरी अञ्चलको अस्तित्वलाई जोगाउन खजुराको पहिलो पथकारुपमा धौलागिरी पथको आरम्भ गरिएको छ ।
यो कार्यले टाढाटाढाबाट आफन्त भेट्न खजुरा आउने नागरिकहरुलाई सहज हुने विश्वास लिएका छौं । पथ निर्माणमा सहयोग गर्ने निर्माण व्यवसायी माधव शाही, सहकर्ममा सहभागी समाजसेवी रोशन सापकोटालाई विशेष धन्यबाद । अन्य गल्ली र चोकहरुलाई पनि स्थानीयबासीको सहभागीतामा नामाकारण गर्न स्थानीय सरकारलाई प्रेरणा मिलोस् । धन्यबाद !
शरण कर्माचार्यबाट