नियमित छैन नेपालगन्जकाे बिद्धुत सेवा,सर्वसाधारण वाक्कदिक्क


 

नेपालगन्ज । पश्चिमकाे ठुलाे शहर नेपालगन्जमा कर्मचारीकाे ब्यवस्थापकिय अक्षमताका कारण बिद्धुत सेवा अनियमित बनेकाे छ । नेपाल बिद्धुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले सार्वजनिक कार्यक्रममा सामर्थ्यले भ्याएसम्मको सुधारकाे काम गरेकाे फेहरिस्त सुनाए पनि चर्काे गर्मीमा सर्वसाधारणले नियमित बिद्धुत सेवा पाउन नसकेको नेपालगन्ज -१२ रामु वैश्य बताउँछन् ।

उनी भन्छन्,-“अहिले दिनरात जतिबेला पनि बिद्धुत गइरहन्छ । घण्टैपिच्छे बिद्धुत गएर हैरान बनाएको छ ।”

देशकै गर्मी हुने मात्रै होइन पश्चिमकाे आर्थिक लाईफलाईन समेत रहेका कारण बिद्धुत जस्ता अत्यावश्यक सेवा नियमित हुनुपर्ने कुरा बिद्धुतका नेतृत्वकर्ताहरुलाई थाहा हुनैपर्ने हाे । तर त्यसलाई अनदेखा गरेर उनिहरुले काम गर्दा नेपालगन्ज लाेडसेडिङ जस्तै बिद्धुतको अवस्था झेल्नुपरेको बसपार्कक्षेत्रमा बसाेबास गर्ने मिना कुँवर बताउँछिन् । उनी भन्छिन,-“हिजाे राति पटक-पटक लाईन गएर हैरान बनायाे । सुत्नै पाइएन । कतिबेला लाईन जान्छ थाहै हुँदैन ।”

प्राधिकरण बिपद् र अन्य कारणले मर्मतको काम गर्न सेवा राेक्दै आएको छ । त्यसलाई स्वभाविक माने पनि त्यसपछि पनि बिद्धुत सेवा राम्रो होला भन्ने अपेक्षा गरिएकोमा त्यसाे हुन नसकेकाे नेपालगन्ज -१२ का दिलबहादुर डिसि बताउँछन् । उनले बताए अनुसार सामान्य अवस्थामा समेत बिद्धुत गएर हैरान बनाएको छ । “पाँच/सात बर्ष अगाडि नेपालगन्जमा यस्तै अवस्था थियाे । बिचमा नसुधि्रएको होइन । तर अहिले फेरि अवस्था पहिलेकै जस्ताे नाजुक भइरहेकाे छ ।”- डिसिले भने ।

यसमा कर्मचारीकाे ब्यवस्थापकिय क्षमता अभाव भएको देखिएको सर्वसाधारणको भनाइ छ । तर नेपालगन्ज उद्योग वाणिज्य संघकाे एउटा कार्यक्रम प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले सक्दाे काम गरिएको दावी गर्दै गर्दा कार्यक्रमका सहभागिले अहिले बिद्धुत सेवा नाजुक रहेकाे टिप्पणी गरेका थिए ।

प्रकाशित मितिः     ३२ असार २०८१, सोमबार ०६:१२  |