उच्च अदालत तुलसीपुर नेपालगञ्जको वार्षिक मुद्दा फछर्याैट प्रगति १०५%


नेपालगञ्ज, साउन १— उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास मातहत बाँके जिलला अदालत र बर्दिया जिल्ला अदालतको मंगलबार वार्षिक समिक्षा गरिएको छ ।
अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म गरेको प्रगति विवरण सार्वजनिक गरेको हो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले उक्त अवधीभित्र दुई हजार सात सय ९ लगत मध्य एक हजार ९ सय ३४ वटा मुद्दा फर्छ्यौट गरि वार्षिक निर्धारण गरिएकाे लक्ष्यकाे १०५% लक्ष्य हासिल गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका रजिष्ट्रार सरोज निधी वाग्लेले प्रस्तुत गर्नु भएकोे विवरण अनु्सार जिम्मेवारी तर्फ एक हजार ५४ र नयाँ दर्ता तर्फ आठ सय ८० गरेर एक हजार ९ सय ३४ मुद्या गरेको छ भने सात सय ७५ बाँकी रहेको छ ।

उच्च अदालतले वार्षिक लक्ष्य अनुसार १०५ प्रतिशत मुद्या फर्छ्यौट गरेको देखिन्छ । यस्तै बाँके जिल्ला अदालतले ८२प्रतिशत र बर्दिया जिल्ला अदालतले ९५ प्रतिशत फर्छ्यौट गरेको तथ्य पनि सार्वजनिक गरिएको छ ।
बाँके जिल्ला अदालतका न्यायधिश भिष्मराज प्रसाइले प्रस्तुत गरेको तथ्य अनुसार बाँके जिल्ला अदालतमा दर्ता भएको लगत सात हजार छ सय ४७ मध्य चार हजार दुई सय १५ मुद्या फर्छ्यौट गरिएको छ । यस्तै तीन हजार चार सय ३२ अझै बाँकी रहेका छन् ।
बर्दिया जिल्ला अदालतका न्यायधिश कमल प्रसाद ज्ञवालीद्धारा प्रस्तुत विवरण अनुसार दुई हजार एक सय १३ मध्य एक हजार तीन सय १० फर्छ्यौट गरिएको छ । अझैं बाँकी मुद्या आठ सय ३ रहेको छ ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले तिन वटै अदालतले वार्षिक लक्ष्य अनुसार सन्तोषजनक मुद्दा फर्छ्यौट गरेको बताउनु भयो । जनशक्ति, वजेट, प्रविधिको अभावका वावजुद पनि न्याय दिने प्रयासमा धेरै सुधार गरिएको दावी गर्दै उहाँले सामुहकि हातेमालोको नतिजा भएको बताउनु भयो । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायधिश एवं योजना तर्जुमा तथा कार्यान्वयन समितिका अध्यक्ष न्यायधिश टंक प्रसाद गुरुङको अध्यक्षतामा भएको समिक्षात्मक कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय नेपालगञ्जका सह न्यायधिवक्ता उमाकान्त पौडेल, उच्च अदालत बार एशोसीयशन नेपालगञ्जका अधयक्ष चित्र बहादुर शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले अदालतको न्याय प्रक्रिया र फैसला कार्यान्वयन बारे सुझाव दिनु भएको थियो ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका शाखा अधिकृत वीर बहादुर विकद्धारा सञ्चालित कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासकी न्यायधिश पुनमसिंह चन्दले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रकाशित मितिः     १ श्रावण २०८१, मंगलवार २०:२७  |