मनोबल बढाउन निजी क्षेत्रलाई मर्यादित व्यवहार आवश्यक -अध्यक्ष ढकाल


नेपालगन्ज । गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई राष्ट्रको मर्यादाक्रममा समावेश गर्ने बिषयमा सरकारले अध्ययन गर्ने वताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिसंग वुधबार भएको भेटमा मन्त्री लेखकले निजी क्षेत्र मर्यादित हुनुपर्नेमा कुनै विवाद नरहेको वताउनुभयो ।

भेटका क्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले अहिले निजी क्षेत्रको मनोबल घटिरहेको बेलामा निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा सकारात्मक सन्देश जाने वताउनुभयो । यसबारे महासंघले निरन्तर सरकारसंग पैरवी गरिरहेको छ ।

यसैगरि उद्यमी व्यवसायीमाथि हुने धरपकडले निजी क्षेत्र हतोत्साही भएको तर्पm पनि अध्यक्ष ढकालले गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री लेखकले वर्तमान सरकार निजी क्षेत्र र लगानी प्रति निक्कै सम्वेदनशील भएको वताउनुभयो । सरकार गठन गर्दा भएको सहमतिमा समेत स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गर्ने बिषय समावेश भएको वताउनुहँदै मन्त्री लेखकले कुनै समस्या भए आपूmलाई सम्पर्क गर्न आश्वासन दिनुभयो ।

भेटमा महासंघका उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात नियन्त्रणका लागि पनि सरकारले पहल गर्नुपर्ने वताउनुभयो ।

 

प्रकाशित मितिः     ३ श्रावण २०८१, बिहीबार ०८:५६  |