काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्भवत आज शुक्रबार मौद्रिक नीति सार्बजनिक गर्दै छ । सार्वजनिक हुने मौद्रिक नीतिले सुस्त रहेकाे बजार चलायमान हुने आशा गरिएको छ ।
गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार बिहान ८ बजेका लागि राष्ट्र बैंक बोर्ड बैठक समेत डाकेका छन् । बिहान ८ बजे डाकिएको सञ्चालक समिति बैठकमा मौद्रिक नीति र अन्य एजेन्डा रहेको स्रोतले जनाएको छ ।
मौद्रिक नीतिप्रति अपेक्षा धेरै नै रहेकोले सबैको समाधान मौद्रिक नीति हुन नसक्ने राष्ट्र बैंकका अधिकारीले बताए ।