गाभरमा पहिलोपटक नाैं जातकाे काेदाेकाे परिक्षण


नेपालगन्ज । सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नाैं प्रकारकाे काेदाेकाे बाँकेको गाभरस्थित सामुदायिक जिन बैंकमा परिक्षण शुरु गरिएको छ । राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदिप थापाका अनुसार स्थानीयकाे साझेदारीमा काेदाेकाे परिक्षण शुरु गरिएको हाे ।

रैथाने बालीको संरक्षण,सुख्खा ठाउँमा समेत काेदाे जस्ताे महत्त्वपूर्ण रैथाने बाली लगाउन मिल्ने गरि यि नाैं प्रकारकाे काेदाेकाे बिउँकाे परिक्षण गरिएको छ । नाैं मध्ये पाँच वटा जिन बैकले परिक्षण मार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद नार्कले विकास गरे र अन्य दुईवटा वटा किसानका जात रहेका छन् ।

थापाका अनुसार अहिले लगाएकाे काेदाेकाे प्रतिफल मंसिरसम्म आउँनेछ । प्रतिफल सकारात्मक नै हुने आशा गरिएको बताउँछदै उनले त्यसपछि व्यवसायिक खेतिकाे कामलाई प्राेत्साहन गरिने जानकारी दिए । परिक्षण सफल भएको खण्डमा सुख्खा ठाउँमा समेत काेदाे खेती गरेर आयआर्जन गर्न सकिने छ ।

२०७८ सालमा गाभरलाई सरकारले पहिलाे सामुदायिक जिन बैंक स्थापना गरेकाे थियाे ।त्यहाँ काेदाेकाे उत्पादनकाे प्रशस्त सम्भावना रहेकाे कृष्ण चाैधरीले बताए । हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने एउटा कोदोकाे जात बिकास गरेको छ । गाभरमा शुरु गरिएको परिक्षणले किसानलाई समेत उत्साहित बनाएको छ ।  सामुदायिक जिन बैंक स्थापनासंगै समुदायस्तरमा त्यसकाे संजाल विस्तार गरि हरेक ठाउँमा कृषि ज‌ैविक बिबिधता संरक्षण गरिएको संजालका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिए ।

प्रकाशित मितिः     ९ श्रावण २०८१, बुधबार ११:०७  |