नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको नियमित बैठकबाट संघको आर्थिक नियामवली संसोधन गरि सर्बसमितिले पास गरिएको छ । त्यस्तै कर्मचारी नियामवलीलाई संशोधन गर्नको लागि संघका प्रथम उपाध्यक्ष चिरञ्जीवी वलीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरि ७ दिन भित्र कर्मचारी नियामवलीलाई संशोधन गर्ने जिम्मेवारी कार्यसमितिले दिएको छ ।
संघले १५ औ नियमित बैठकबाट निर्णय गरे अनुसार नेपालगन्ज उपमहानगर पालिकाको सहयोगमा र संघको आयोजनामा नगरलाई हराभरा गरि स्वच्छ बाताबरण बनाउनको लागि नगर भित्र एक लाख बिरुवाहरु रोप्नको लागि तत्काल सम्बन्धित निकाय संग सहकार्य गरि बृक्षा रोपण कार्य तीब्र गतिमा अगाडि बढाउने भनी निर्णय गरिएको छ।
उक्त नियमित बैठकमा संघका कार्य समिती सदस्य बुद्धि दियालि हालै भएको सुन चादी ब्यवसायको केन्द्रिय माहाअधिबेशनबाट उपाध्यक्ष पदमा निर्बाचित ह भएकोमा बधाई तथा सम्मान कार्यक्रम पनि भब्यताको साथ सम्पन्न गरियो ।