नेपालगन्ज – बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो।
संसारभरिका १०० महत्त्वपूर्ण होटल, रेस्टुरेन्ट, क्रुज म्युजियम पार्कलगायतको सूचीमा बुरान क्याम्प पनि छनौट भएको हो। यसका लागि टाइमले विश्वभरि रहेका यसका संवाददाताहरु र सहयोगीहरुको मद्दत लिएको थियो।
बुरान वाइल्डरनेस क्याम्प बर्दियाको खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा अवस्थित छ। यो भावनापूर्ण संरक्षणवादीहरूको टोलीद्वारा सञ्चालित छ। यस क्षेत्रमा एकसिङे गैँडा, बङ्गाल टाइगर, एसियाली जंगली हात्ती, र ब्ल्याक आइबिस, रुड्डी शेल्डक, नाइटजार, फिशिङ ओलजस्ता धेरै चराहरूसहित केही प्रमुख वन्यजन्तु प्रजातिहरू पाइन्छ।