नेपालगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सार्वजनिक मौद्रिक नीतिले लगानी गर्न उत्साही बनाउने बताएका छन् ।
काठमाडौं अन्तर्राष्ट्रिय ब्राण्डकाे हिल्टन हाेटल उद्घाटन पछि सामाजिक संजालमा प्रतिक्रृया जनाउँदै ओलीले यस्ताे बताएका हुन ।
उनले समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडाैँ उद्घाटन गर्ने अवसर पाएँकाे उल्लेख गरेका छन् ।
“मेरो विश्वास छ – नयाँ मौद्रिक नीतिले अन्य व्यवसायीहरुलाई पनि अब लगानी गर्न उत्साही बनाउने छ। हामीलाई पर्यटक भित्र्याउनु छ, रोजगारी सिर्जना गर्नु छ र जनशक्ति पलायन रोक्नु छ।”- ओलीले लेखेका छन्